नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9085 · वि.सं. २०७०

नि.नं. 9085 — डाँका चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ हातहतियार प्रयोग भएको तथ्य मौकामा हतियारसहित प्रतिवादी पक्राउ परेको कुराबाट पुष्टि भएकै छ । तापनि प्रतिवादीको वारदातमा संलग्नताको शङ्कारहित पुष्टि हुन नसकेको अवस्था र २ जना भनिएका प्रतिवादीहरू कसूरदार हुन् वा होइनन् भन्ने कुरा निजहरू फरार रहेकोबाट तत्काल यकीन हुन नसक्ने । § चार जनाभन्दा बढीको संख्या स्थापित हुन नसकेको स्थितिमा वारदातलाई डाँकाको वारदात हो भनी मान्न सकिने अवस्था रहेन, वारदातमा हातहतियारको प्रयोग भई जबर्जस्ती रकम लिएको अवस्था स्थापित भएको हुँदा चोरीको महलको ४ नं. बमोजिम जबर्जस्ती चोरी गरेको अवस्था देखिने । (प्रकरण नं.४) शुरू तहमा फैसला गर्ने : मा.न्या.नारायणप्रसाद श्रेष्ठ पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या.अवधेशकुमार यादव मा.न्या.तेजबहादुर के.सी.

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9085
मुद्दाको विषयडाँका चोरी
निर्णय वर्ष / मिति2070/08/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
मुद्दा नं.०६५-CR-०६७३
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9085
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्