नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9084 · वि.सं. २०७०

नि.नं. 9084 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रत्येक काम कुरालाई नकारात्मक ढङ्गले हेर्न हुँदैन । कुनै सुव्यवस्थाको लािग कानूनले दिएको अख्तियारी प्रयोग गरी सार्वजनिक निकायले कुनै निर्णय गर्दछ भने परम्पराको नाममा सोको विरोध गर्न मिल्दैन । परम्पराबाट मात्र काम चल्न नसकेको, परम्पराले बदलिँदो सामाजिक अावश्यकतालाई सम्बोधन गर्न नसक्ने र परम्परा समयको अन्तरालले प्रत्युत्पादक हुने स्थितिलाई महसूस गरेर नै राज्यले कानूनद्वारा सुशासन र सुव्यवस्थाको प्रत्याभूति गर्ने । (प्रकरण नं. ५) § विकासको बाटोमा परम्परा बाधक बन्दछ र यसलाई राज्यले महसूस गर्दछ भने कानूनका माध्यमले त्यो परिवर्तन हुन सक्दछ । सुव्यवस्था, सुशासन र सुप्रबन्ध गर्न कानूनले दिएको अख्तियारी प्रयोग गरी कुनै नयाँ कुराको थालनी नगर्ने हो भने विकास अवरूद्ध हुन पुग्दछ । कानून र न्याय विकासका सारथि हुन्, यी विनासका बाहक बन्न सक्दैनन् । कानून र न्याय सामाजिक आवश्यकताका परिपूरक हुन्, यी जडताका सूत्रधार हुन नसक्ने । (प्रकरण नं. ७) § परम्परा कानूनको स्रोत अवश्य हो । लिखित वा अलिखित परम्परा अनुकरणीय पनि हुन्छन् । तर, यसो भन्दैमा परम्परा समयानुकूल हुन नसकेको अवस्थामा पनि ती जारी रहनुपर्दछ भन्न नमिल्ने । § सरकारले परम्परामा समसामयिक र समयानुकूल परिवर्तन गर्न कानून बनाउन सक्दछ । विधिवत् बनेको कानूनले चलिआएको परम्परा वा रीतिस्थितिमा परिवर्तन गर्न सक्दछ । परम्परा मात्र नभई सनद, सवाल, इस्तिहार, लालमोहर, दुई छापे, एक छापे आदि कानूनी महत्त्व बोक्ने लिखतसमेतले गरेको व्यवस्था अकाट्‍य र अपरिवर्तनशील हुँदैनन् । यही सन्दर्भमा सरकारले महसूस गरी विधिवत् पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ जारी गरेको हो । यस ऐनको दफा १८.३.४ को प्रावधान क्रियाशील रहन कुनै परम्परा बाधक हुन नसक्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9084
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2070/05/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.०६७-WO-०७९८
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9084
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्