नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9079 · वि.सं. २०७०
नि.नं. 9079 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अबोध नाबालिकामाथि भएको कुकृत्यलाई समाजका अगाडि उदाङ्गित पार्दै मृतकलाई सामाजिकरूपमा बेइज्जत गर्ने उद्देश्य रहेको भए सोही दिन निजलाई खोजी समाजका अघि लगी कारवाही गरिनुपर्दथ्यो तर कुटपीट गरी रातभर आफ्नो कब्जामा राखेबाट प्रतिवादीहरूको मृतकलाई मार्नेसम्मको योजना वा मनसाय थिएन भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं.३) § छोरी चेलीमाथि जबर्जस्ती करणीको प्रयास भएको भए मृतकउपर कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सकिने अवस्था विद्यमान रहँदारहँदै सचेत गराउने निहुँमा मार्नेसम्मको ईबी लिई योजना बनाई साङ्घातिकरूपमा मृतकलाई कुटपीट गरी रातभर बन्धक बनाई कर्तव्य गरी मारेको अवस्थामा मुलुकी ऐन, अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउने अवस्था र कारण नरहने । (प्रकरण नं.५) शुरू तहमा फैसला गर्ने : मा.न्या.मोहनकृष्ण खनाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.मोहनप्रसाद घिमिरे मा.न्या.मीरा खड्का
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9079 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2070/07/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | ०६७-CR-०९२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9079 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
