नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9075 · वि.सं. २०७०

नि.नं. 9075 — जबर्जस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ उमेरको सम्बन्धमा सम्बन्धित विषेशज्ञले दिएको प्रतिवेदन र सोही व्यहोरा मिलानको बकपत्रसमेत भएबाट विषेशज्ञको राय प्रमाणमा लिन मिल्ने नै हुँदा र त्यस्तो राय अन्यथा प्रमाणित नभएसम्म ग्राह्य हुने । (प्रकरण नं.६) § महिला र पुरूष दुबैको उमेर पुगेको छ र जबर्जस्ती करणीको १ नं. विपरीतको कार्य नगरी दुबैको मञ्जूरीबाट कुनै महिला र पुरूषबीच आपसी सहमतिमा करणी लिनुदिनु गरेको कार्यलाई Unlawful Act मानेको छैन । यसरी कानूनले नै Unlawful Act भनी परिभाषित नगरेको अवस्थामा उमेर पुगेका महिला र पुरूषबीच आपसी सहमतिमा स्थापित गरिएको सम्बन्धलाई कानूनविपरीतको कार्य मानी सजाय गर्न कानूनले नै बन्देज लगाउने । (प्रकरण नं.८) § उमेर पुगेका दुई महिला र दुई पुरूष एउटै कोठामा रात व्यतीत गर्नु, जबर्जस्ती करणीका विषयमा अर्को पक्षले अनभिज्ञता प्रकट गर्नु र जसलाई पीडित र आरोपित मानिएको छ ती दुबैले आफूले सहमतिमा करणी गरेको तथ्यलाई स्वीकार्नु जस्ता प्रमाण तथा तथ्यबाट जबर्जस्ती करणी भएको तथ्य स्थापित हुन नआउने । (प्रकरण नं.११) शुरू तहमा फैसला गर्ने : मा.न्या.शम्भुराम कार्की पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.हरिप्रसाद घिमिरे मा.न्या.उदयप्रकाश चापागाईं

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9075
मुद्दाको विषयजबर्जस्ती करणी
निर्णय वर्ष / मिति2070/03/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.०६९-CR-००१७
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9075
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्