नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9073 · वि.सं. २०७०

नि.नं. 9073 — सवारी ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै खास किसिमको सवारी साधन चलाउन कानूनले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ भने त्यसलाई जस्ताको तस्तै मान्नुपर्ने । § सवारी साधन चलाउने अनुमतिपत्र लिनुपर्ने व्यवस्था ऐच्छिक नभई ऐनले गरेको अनिवार्य व्यवस्था भएकोले सम्बन्धित सवारी साधन चलाउने अनुमतिपत्र नलिएको व्यक्तिले त्यस्तो सवारी साधन चलाउन हुँदैन भन्ने कुरालाई अन्यथा मान्न नसकिने । (प्रकरण नं.५) § सवारी साधन चलाउने अनुमतिपत्र नलिएको वा एउटा वर्गको हलुका सवारी साधन चलाउने अनुमतिपत्र लिई अर्को वर्गको भारी सवारी साधन चलाउने कार्यलाई लापरवाहीयुक्त मान्नुपर्ने । (प्रकरण नं.७) § व्यक्तिगत सवारी साधन चलाउने र सार्वजनिक भारी सवारी साधन चलाउनेको सतर्कता भिन्नभिन्न मापदण्डका हुनुपर्ने । (प्रकरण नं.९) शुरू तहमा फैसला गर्ने : मा.न्या.नारायणप्रसाद दाहाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.रणबहादुर बम मा.न्या.हरिप्रसाद घिमिरे सर्वोच्च अदालत संयुक्त इजलासमा फैसला गर्नेः मा.न्या.ताहिर अली अन्सारी मा.न्या.सुशीला कार्की

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9073
मुद्दाको विषयसवारी ज्यान ।
निर्णय वर्ष / मिति2070/05/13
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.०67-CF-0023
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9073
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्