नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9071 · वि.सं. २०७०
नि.नं. 9071 — सरकारी छाप दस्तखत कीर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीले आफ्नो नाममा जारी भएको B वर्गको अनुमतिपत्रलाई सच्याई नियमानुसार लिइने कुनै पनि परीक्षामा संलग्न नभै फारमसमेत नभरी आफूसँग भएको अनुमतिपत्रमा F र G वर्ग थप गरी सरकारी छाप र दस्तखत भएको कागज व्यहोरा सच्याई थप गरी कीर्ते गरी सोको प्रयोगसमेत गरिरहेको तथ्यलाई मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको देखिने । (प्रकरण नं.२) § आंशिक वा पूर्ण जुनसुकै प्रकारको कीर्ते गरेको भए पनि सरकारी छाप दस्तखत कीर्ते गरेको प्रमाणित भएको अवस्थामा कीर्ते कागजको १२ नं. ले उसै अड्डाको कर्मचारीबाहेक अन्यलाई १ वर्ष थप कैदको सजाय गर्नुपर्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9071 |
|---|---|
| मुद्दाको विषय | सरकारी छाप दस्तखत कीर्ते |
| निर्णय वर्ष / मिति | 2070/10/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | ०६८-CR-१३२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9071 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
