नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9070 · वि.सं. २०७०

नि.नं. 9070 — बकसपत्र लिखत दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पितृसत्तात्मक सामाजिक मनोविज्ञान अद्यापि विद्यमान रहेको अवस्थामा सगोलको आयले जग्गा खरीद गरी बुहारीको नाममा राखेको होला भनी विश्वास गर्न सकिने अवस्था नरहने । § कामकाजी आय आर्जन गर्ने महिलाको रूपमा प्रतिवादीले शिक्षण पेशामा संलग्न रहेको र सो कुरालाई वादीहरूले अन्यथा भन्न सकेको देखिंदैन । आफ्नो निजी आर्जन र सीपबाट आर्जित सम्पत्ति नभएको भए वादीहरूले तत्कालीन अवस्थामा प्रतिवादीका नाममा नै उक्त जग्गा राजीनामा गरी कायम राखी राख्न पर्ने अवस्था नदेखिँने । § अंश मुद्दाको प्रतिउत्तर व्यहोरामा प्रतिवादी हामीभन्दा स्रोतदार र आम्दानीवाला हुन् भनी स्वीकार गरी निजको आर्जन र सीपलाई अन्यथा भन्न सकेको देखिँदैन । यस्तो अवस्थामा निजको निजी आर्जन र सीपबाट आर्जित सम्पत्तिमा निजले आफूखुश गर्न सक्ने व्यवस्था मुलुकी ऐन, अंशबण्डाको १८ नं. ले गरेको कानूनको सारभूत पक्षलाई अन्यथा भन्न सक्ने नदेखिने । (प्रकरण नं.५) शुरू तहमा फैसला गर्ने : मा.न्या.श्री टेकनारायण कुँवर पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री एकराज आचार्य मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9070
मुद्दाको विषयबकसपत्र लिखत दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2070/04/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
मुद्दा नं.०६८-CI-१५५०
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9070
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्