नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9068 · वि.सं. २०७०

नि.नं. 9068 — राजीनामा लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीसमेतको अंश हक लाग्ने जग्गा निजको मञ्जुरी बेगर हक छाडी गरीदिएको देखिँदा त्यसरी हक छाडी दिंदा खडा भएका लिखतहरूलाई कानूनअनुरूप खडा भएको भनी भन्न नमिल्ने । (प्रकरण नं.२) § अंश मुद्दा चल्दाचल्दै उक्त मुद्दामा रोक्का रहेको जग्गालाई कानूनबमोजिम फुकुवा नहुँदै प्रतिवादीले अन्य पुनरावेदक प्रतिवादीहरूलाई र.नं.१२६६, १२६७ र १२६८ को लिखतबाट बिक्री गरी हकहस्तान्तरण गरेको अवस्था देखिन्छ । मुलुकी ऐन, जग्गा मिच्नेको ९ नं. मा भएको कानूनी व्यवस्थाले "कानूनबमोजिम रोक्का भएको जग्गा फुकुवा नभई आफ्नो हक पुग्ने भएपनि अर्कालाई केही व्यहोराले दिने र लिनेले पनि जानी जानी लिन हुँदैन दिए लिएको भए बदर हुन्छ" भनी गरेको कानूनी व्यवस्थाविपरीत पुनरावेदकहरूले रोक्का रहेको जग्गालाई लिखत गरी पारीत गरे गराएको अवस्थासमेत देखिँदा उक्त विवादित र.नं का लिखतहरूले कानूनी मान्यता पाउने भन्न नमिल्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9068
मुद्दाको विषयराजीनामा लिखत बदर
निर्णय वर्ष / मिति2070/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9068
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्