नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9067 · वि.सं. २०७०

नि.नं. 9067 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी पक्षको नाममा कुनै सम्पत्ति दर्ता रहेको छ भन्ने मात्रै आधारले अंशबण्डाको ३० नं. आकर्षित हुने र वादीले अंश नपाउने भनी अर्थ गर्न नमिल्ने । § वादी प्रतिवादीहरूका बीचमा अंशबण्डा भई सकेको भन्ने सम्बन्धमा अंशबण्डाको लिखत पनि नभएको र व्यवहार प्रमाणबाट अंशबण्डा भई सकेको भनेर देखिने कुनै कागज प्रमाण पनि दाखिल हुन नसकेको अवस्थामा प्रत्यर्थी वादीले अंश नपाउने भन्न नमिल्ने । (प्रकरण नं.२) § प्रतिवादीले मोहीयानीमा प्राप्त गरेको भनेको जग्गा निजले निजीरूपमा प्राप्त गरेको भन्ने नदेखिई बाबुको नाममा रहेको मोहीयानीको जग्गा मोही नामसारी गराई प्राप्त गरेको अवस्था देखिँदा बाजेको मोहीयानी जग्गाबाट सगोलको अंशियार वादीले पनि अंश नपाउने भन्न नमिल्ने । (प्रकरण नं.३) शुरू फैसला गर्ने : मा.न्या.श्री मेघनाथ भट्टराई पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.डा.श्री हरिवंश त्रिपाठी मा.न्या.श्री दिनेशकुमार कार्की

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9067
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2070/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.०६७-CI-०००१
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9067
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्