नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9065 · वि.सं. २०७०
नि.नं. 9065 — जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जबर्जस्ती करणीको कसूर स्थापित हुन पीडितको कन्याजाली च्यातिएको हुनुपर्ने अवस्थालाई पूर्वशर्तको रूपमा लिन मिल्दैन । Hymen is intact भएको अवस्थामा पनि जबर्जस्ती करणीको कसूर स्थापित हुन सक्ने । § घटनाबाट पीडित व्यक्तिले घटनाको सम्बन्धमा अदालतमा व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) बमोजिम प्रत्यक्ष प्रमाणको रूपमा अदालतले ग्रहण गर्नुपर्ने । (प्रकरण नं.३) § ज्यानसम्बन्धी अपराधहरूमध्ये कर्तव्य ज्यान (Murder) र यसको उद्योग (Attempt to Murder) को बीचमा अपराधका तत्त्वहरूको रूपमा रहेका आपराधिक कार्य (Actus reus) र आपराधिक मनसाय (Mens reus) को संयोजनात्मक उपस्थितिको दृष्टिबाट भिन्नता रहेको हुँदैन । दुबै प्रकृतिका अपराधमा सो अपराध गर्ने व्यक्तिले पीडितको मृत्युको मनसाय राखेर आफ्नो कार्यबाट आपराधिक कार्य सम्पन्न गरेको हुन्छ । तर ज्यान मार्ने उद्योगको अपराध कायम हुनको लागि कुनै कारणले कर्ताको अपेक्षाअनुसार पीडितको मृत्यु भएको हुँदैन । ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम मनसाय तत्त्वको विद्यमानता आवश्यक हुन्छ र यस्तो मनसाय अभियुक्तको क्रियाबाट स्पष्ट हुन्छ । ज्यान मार्ने मनसाय रहेको अवस्थामा ज्यान मार्न नपाएको स्पष्ट कारण र अवस्था देखिनुपर्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9065 |
|---|---|
| मुद्दाको विषय | जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2069/10/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| मुद्दा नं. | ०७६-CR-१२५० | ०६७-CR-१३०५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9065 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
