नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9064 · वि.सं. २०७०
नि.नं. 9064 — मानव बेचबिखन तथा ओसारपसार
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ घटनाबाट पीडित व्यक्तिले घटनाको तत्कालपछि व्यक्त गरेको कुरा अदालतले प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रत्यक्ष प्रमाणको रूपमा लिनुपर्ने । § आफूलाई बिक्री गरेको ठाउँबाट भागी काठमाण्डौ आई प्रहरीसमक्ष व्यक्त गरेको कुरा अदालतमा सनाखत गरी दिएको र पछि साक्षी सरह अदालतमा उपस्थित भई सोही बमोजिम बकपत्र गरी दिएकोसमेत अवस्थामा निजको सो कथन प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रमाणमा ग्रहण गर्नुपर्ने हुन्छ । यस्तो प्रत्यक्ष प्रमाणको विद्यमानतामा प्रतिवादीको इन्कारी बयान मात्र निजको निर्दोषिता प्रमाणित हुन नसक्ने । (प्रकरण नं.५) § प्रतिवादीले पीडितलाई काठमाण्डौंबाट कलकत्ता लगी सोबापत रकमसमेत प्राप्त गरेको देखिएबाट निजले बिक्री गरेको मान्नुपर्ने र सो कुरा अदालतमासमेत स्वीकार गरेको देखिएको र अदालतमा स्वइच्छापूर्वक व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम अभियुक्तको विरूद्ध प्रमाणमा लिनुपर्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9064 |
|---|---|
| मुद्दाको विषय | मानव बेचबिखन तथा ओसारपसार |
| निर्णय वर्ष / मिति | 2069/10/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| मुद्दा नं. | ०६७-CR-०४८९ | ०६७-CR-१०९९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9064 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
