नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9063 · वि.सं. २०७०

नि.नं. 9063 — कर्तव्यज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अ.वं. १८८ नं. को व्यवस्थाअनुसार सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि भवितव्य हो कि भन्नेसम्मको शङ्‍काको अवस्था विद्यमान हुनुपर्ने र अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐनबमोजिम सजाय दिँदा चर्को पर्ने भई घटी सजाय हुनुपर्ने देखेमा ऐनले गर्नुपर्ने सजाय ठहर्‍याई आफ्ना चित्तले देखेको कारणसहितको राय व्यक्त गर्नुपर्ने । § भवितव्य हो कि भन्नेसम्मको शङ्‍काको अवस्था विद्यमान भएको मुद्दामा मात्र घटी सजाय गर्नुपर्ने कारणसहितको राय व्यक्त गर्नुपर्ने । (प्रकरण नं.७) § मुद्दाको वारदातमा प्रतिवादीद्वारा मृतकका टाउकामा प्रहार गरी मृतक भूईंमा ढलेपछि पनि पुनः पेटमा प्रहार गरी मृतकको मृत्यु भएको देखिएको र त्यसमा विवाद भएको अवस्था नदेखिएको हुँदा टाउकोमा भएको प्रहारले मृतक भूईंमा ढलेपछि पनि पुनः निज मृतकको पेटमा भएको प्रहारले प्रतिवादीको मृतकलाई मार्नेसम्मको मनसाय नभएको भनी पुष्टि गर्नसक्ने अवस्था नभएकाले त्यसलाई भवितव्य भनी भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं.९) § अ.बं. १८८ नं. बमोजिम सजाय चर्को पर्ने भई कम सजायको राय व्यक्त गर्दा सो रायको पनि मनासिब आधार हुनुपर्ने भई अभिव्यक्त रायको पुष्ट्‍याइँ (Justification) हुनुपर्ने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9063
मुद्दाको विषयकर्तव्यज्यान
निर्णय वर्ष / मिति2069/12/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री कैलाश के.सी. | माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल | माननीय न्यायाधीश श्री मिहिरकुमार ठाकुर
मुद्दा नं.०६८-RC-००८३
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9063
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्