नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9059 · वि.सं. २०७०

नि.नं. 9059 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विधायिकी कानून जस्तोसुकै बन्न सक्ने वा यस अदालतद्वारा विधायिकी कानूनको न्यायिक पुनरालोकन नै हुन सक्तैन भन्ने पनि होइन । हाम्रो संविधान र कानूनी प्रणालीले संविधानवाद, कानूनको शासनको अवधारणालाई आत्मसात् गरेकाले सरकारका काम कारवाहीका अलावा विधायिकी कानूनको न्यायिक पुनरालोकन गर्ने । § पूर्ण न्याय गरी जुनसुकै प्रकारको उपचार प्रदान गर्न यस अदालतलाई संविधानले असाधारण अधिकार प्रदान गरेको हो । त्यसैले विधायिकाले कानूनको निर्माण गर्दा स्वच्छ (Fair), न्यायपूर्ण (Just) र विवेकसम्मत् (Reasonable) निर्माण गर्नुपर्दछ । तदनुसारको कानून निर्माण नभएको भन्ने विवाद अदालतसमक्ष आएमा त्यसको वैधताको परीक्षण गरी कानून अनुचित देखिएमा त्यस्तो कानूनलाई असंवैधानिक ठहर गर्दै अमान्य वा बदर घोषित गर्न सकिने । (प्रकरण नं.१०) § नेपाल दूरसञ्चार कं.लि.लाई सार्वजनिक निकायका रूपमा परिभाषित गर्दैमा निवेदकको सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने तथा अन्य कारोबार गर्ने संविधानप्रदत्त सम्पत्तिसम्बन्धी हकमा आघात वा अनुचित बन्देज लगाएको छ भन्ने अर्थ गर्न कानून र न्यायको रोहबाटसमेत मिल्ने नदेखिने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9059
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2070/07/07
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.०६८-WS-००७६
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9059
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्