नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9049 · वि.सं. २०७०

नि.नं. 9049 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दुई वा बढी अदालतमा परेका मुद्दाहरूमा कुन मुद्दाको कारवाही तथा निर्णय पहिले हुनुपर्ने हो र सो मुद्दाको निर्णय नहुँदासम्म कुन मुद्दाको कारवाही तत्कालका लागि यथास्थितिमा राखिनु पर्ने हो भन्ने कुराको निर्क्यौल अ.बं. १२ नं. को परिप्रेक्ष्यमा हुनुपर्ने हुन्छ । यस कानूनको अध्ययन गर्दा दुई वा बढी मुद्दाहरूका विषयले एकअर्कालाई प्रत्यक्ष प्रभाव पार्ने अवस्थामा मात्र मुल्तवीको प्रक्रिया आरम्भ हुन्छ । ती मुद्दामा अन्तर्निहीत विषयवस्तुले नै कुन मुद्दाको निर्णय पहिले हुनुपर्ने हो भन्ने कुराको निर्धारण गर्ने । § एउटा मुद्दाको निर्णय नभई अर्को मुद्दाको निर्णय हुनै नसक्ने अवस्था भने टड्कारो देखिनु भने पर्दछ । मुल्तवी राख्ने कुरालाई विधिकर्ताले विशुद्ध न्यायिक तजवीजमा छाडेको छैन । पहिले कुन मुद्दाको निर्णय हुन किन आवश्यक छ भन्ने कुरा मुल्तवी आदेशमा खुलाइएको हुनुपर्दछ र त्यो कानूनसङ्गत पनि हुनैपर्दछ । यस सन्दर्भमा मातहत अदालतको आदेश माथिल्लो अदालतले अ.बं. १७ समेतका माध्यमले परीक्षण गर्नसक्ने । (प्रकरण नं.७) § मुलतवीआदेश गर्नुपूर्व कतै कुनै पक्षको मुद्दा ढिलाई गर्ने अभिप्रायले अर्को मुद्दा दायर गरेको त होइन भन्नेतर्फ पनि अदालतले चनाखो हुनुपर्दछ । अ.बं. १२ नं. मा विधिकर्ताले निर्णय हुन नसक्ने अवस्थामा मात्र मुलतवी राख्न निर्देशन गरेको कारण यही हो । मुद्दामा निर्णयको ढिलाईले कुनै पक्ष लाभान्वित हुने र अर्को पक्ष प्रताडित हुन सक्ने पक्ष पनि त्यत्तिकै विचारणीय छ । § झूठ्ठा विवरण दिई नागरिकताको प्रमाण पत्र लिएको हो होइन भन्ने मूल प्रश्न हो । मूल प्रश्नमा अन्तिम निर्णय भएपछि गौण प्रश्नले आफ्नो बाटो लिन्छ । तसर्थ विवादको मूल प्रश्नसँग सम्बन्धित मुद्दाको कारवाही अगाडि बढाउन गौण प्रश्नसँग सम्बन्धित मुद्दा मुल्तवी रहनु अ.बं. १२ नं. को प्रतिकूल नहुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9049
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2070/05/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.०६८-WO-०७१७
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9049
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्