नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9045 · वि.सं. २०७०

नि.नं. 9045 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ उसै मौकामा उठेको रिस थाम्न नसक्ने अवस्थाको समय क्षणिक हुँदा लामो समयसम्म रहँदैन । रिस उठने घटना वारदात भएपछि लामो अन्तरालपछि भएको अवस्थालाई यसले समेट्दैन । एकै क्षणमा एक वा बढी मानिसलाई आवेश वा थाम्न नसक्ने रिस उठन सक्छ वा सक्दैन भन्ने कुरा आवेश उत्पन्न गर्ने कारणमा निर्भर गर्ने गर्दछ । कुनै व्यक्ति विशेषलाई उसको आत्मसम्मानमा चोट पुग्ने वा गम्भीर सम्वेदनशील विषय लिई बेइज्जत गर्ने कार्य गरेमा त्यही व्यक्ति विशेषलाई क्षणिक आबेश वा तत्काल थाम्न नसक्ने रिस उठन सक्छ र अरू छेउछाउमा रहने सुन्नेलाई रिस उठे पनि थाम्न नसक्ने रिस भने उठेको नै हुन्छ भन्न नसकिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9045
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2070/07/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ईश्वरराज आचार्य | माननीय न्यायाधीश श्री ओमप्रसाद सुवेदी | माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा
मुद्दा नं.२०६६-CR-०१८८
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9045
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्