नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9043 · वि.सं. २०७०

नि.नं. 9043 — अपहेलनामा सजाय गरी पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अनिवार्य अवकाश हुनै लागेकी निवेदिकालाई ससम्मान अवकाश हुनसमेत नदिई बद्‌नियतपूर्वक विपक्षीहरूले कारण र आधारसमेत नदिई सरूवा गर्ने निर्णय गरेको र सो सरूवा निर्णयलाई चुनौती दिई रिट क्षेत्रमा आएको भोलिपल्टै राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा समाचार प्रकाशित भएको अवस्थाले विपक्षीहरूले उक्त सरूवाउपर अदालतमा मुद्दा दायर भएको सम्बन्धमा जानकारी नै थिएन भनी अनुमान गर्न नमिल्ने । § आफूहरूले गरेको सरूवा निर्णयलाई चुनौती दिई परेको रिट निवेदनमा हुने प्रारम्भिक सुनुवाईसमेतको प्रतिक्षा नगरी रिट परेको भोलिपल्टै निवेदिकाको स्थानमा सरूवा भई आउने सचिवलाई पद बहाली गराउनु र सिंचार्ई मन्त्रिबाट शीघ्रातिशीघ्ररूपमा निजलाई कामकाज गर्न अधिकार प्रत्यायोजन गरिनुले विपक्षीहरू अदालतबाट हुने आदेशको सम्बन्धमा पहिलादेखि नै सतर्क र सम्वेदनशील बन्न सकेको भन्ने नदेखिने । (प्रकरण नं.३) § अदालतप्रतिको जनआस्थालाई जोगाई राख्नको लागि अदालतबाट भएका आदेश वा निर्णय नमान्ने व्यक्ति वा निकायलाई अदालतको अपहेलनामा कारवाही गर्ने कठोर कदमलाई बाध्यतावश अदालतले उठाउनु पर्ने । (प्रकरण नं.८) § एउटै पदमा दुईजना व्यक्तिलाई काममा खटाउने गरी गरिएको व्यवस्था आफैँमा प्रशासनिक पद र प्रतिष्ठासँग मेल नखाने व्यवहार हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9043
मुद्दाको विषयअपहेलनामा सजाय गरी पाऊँ
निर्णय वर्ष / मिति2070/08/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
मुद्दा नं.०६९-MS-०००५
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9043
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्