नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9041 · वि.सं. २०७०
नि.नं. 9041 — उत्प्रेषण, परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ न्यूनतम् शैक्षिक योग्यताको लहरमा लेखिँदैमा सबै शैक्षिक उपाधिको स्तर र मान्यता सामान हुने अर्थ गर्न नमिल्ने । (प्रकरण नं.११) § कानूनले अख्तियारी दिएको निकायले गरेको निर्णय पूर्वाग्रही, कपटपूर्ण र विधि प्रक्रियाप्रतिकूल रहेको भनी यस अदालतमा चुनौती दिइएको अवस्थामा मात्र सो निर्णयको न्यायिक परीक्षण हुन सक्दछ । अन्यथा अधिकारप्राप्त निकायको विधिसम्मत् प्रक्रियाबाट सम्पन्न भएको निर्णयका हकमा आशंका गर्न नमिल्ने । (प्रकरण नं.१२) § सर्वोच्च अदालतको उपल्लो इजलासको नजीर सर्वोच्च अदालतकै उपल्लो भन्दा कम न्यायाधीश संलग्न इजलासका लागि र सर्वोच्च अदालतको नजीर मातहातका अदालतसमेतका न्यायिक तथा अर्धन्यायिक निकायलगायत सबैका लागि न्यायाधीश निर्मित कानूनका रूपमा बाध्यकारी हुने । (प्रकरण नं.१४) § बी.एस्सी. (एग्री.) कै आधारमा एम.एस्सी. इन्टिमोलोजी अध्ययन गरी उत्तीर्ण हुन्छ र सोलाई सम्बन्धित निकायहरूले स्नातकोत्तर मान्दछन् भने त्यो अतिरिक्त शैक्षिक उपाधि हो । सेवा प्रवेश गर्दा बी. एस्सी. (एग्री.) को उपाधि देखाई सेवा प्रवेश गरेकाहरू मध्ये कसैले एम.एस्सी. (एग्री) को शैक्षिक योग्यता प्राप्त गरेको भए अतिरिक्त शैक्षिक उपाधि मानिने, तर कसैले एम.एस्सी. इन्टिमोलोजी गरेको भए नमानिने भनी अर्थ गर्नु तर्कसंगत नहुने । (प्रकरण नं.१८) § सेवा प्रवेश गर्दा प्राप्त गरेको उपाधिभन्दा माथिल्लो शैक्षिक योग्यताको उपाधि प्राप्त भै सो उपाधि उक्त सेवा समूह वा उपसमूहसँग सम्बन्धित विषयको अतिरिक्त उपाधि भएको स्पष्ट देखिएको अवस्थामा कार्यक्षमता मूल्याङ्कनद्वारा गरिने बढुवामा निवेदकले प्राप्त गरेको उपाधिलाई अतिरिक्त उपाधिको अङ्क प्रदान गरी बढुवा गर्नुपर्ने । (प्रकरण नं.१९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9041 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेश |
| निर्णय वर्ष / मिति | 2070/05/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | ०६७-WO-१०६४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9041 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
