नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9014 · वि.सं. २०७०

नि.नं. 9014 — मानाचामल

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पत्नीलाई आफ्नो इज्जतआमदअनुसार खान लाउन दिनुपर्ने कानूनी दायित्व लोग्नेमानिसको हुँदा त्यस्तो दायित्व बहन नगरेमा त्यस्ता लोग्नेमानिसको आर्थिक हैसियतका आधारमा त्यस्ता पीडित महिलाले खान लाउनका लागि मानाचामल माग गर्न सक्दछन् । मानाचामल माग गर्नेले बढी रकमको दावी गर्ने र मानाचामल भराई दिनुपर्ने दायित्व भएको व्यक्तिले आफ्नो हैसियतभन्दा कम रकमका विषयमा प्रतिवाद गर्ने परिपाटी रहिआएको परिप्रेक्ष्यमा अदालतले त्यस्ता दावी र प्रतिवादको अन्तरविरोधको चिरफार गरी एउटा केन्द्रविन्दुलाई आधार लिई भरी पाउने रकमको सीमा निर्धारण गर्नुपर्ने हुन्छ, जसले न्यायिक सन्तुलन कायम गर्न सकोस् । यसको सन्तुलन कायम गर्ने माध्यम आर्थिक हैसियत भएकाले यही आर्थिक हैसियतले उचित दायित्वको सीमा निर्धारण गर्ने । (प्रकरण नं.३) § जिल्ला अदालतसमक्ष गरेको कागजमा आफ्नो दैनिक आम्दानी यति हो भनी स्वीकार गरिसकेको अवस्थामा प्रत्येक पुनरावेदनको रोहमा सोही प्रक्रियाद्वारा आम्दानी निर्धारण गर्नुपर्ने भन्ने जिकीर औचित्यहीन हुने । § मानाचामलको रकम के कति निर्धारण गर्ने भन्ने कुराको कुनै गणितीय मापदण्ड हुन सक्दैन । अवस्था र हैसियत विचार गरी प्रमाणहरूका आधारमा अदालतले न्यायिक मन प्रयोग गरी सो निर्धारण गरिने हो । एउटा सक्षम अदालतले निर्धारण गरेको मानाचामलको निर्धारित रकम घटाउन वा बढाउन सम्बन्धित पक्षले समुचित आधार र प्रमाण देखाउनु पर्ने हुन्छ । प्रतिवाद गर्दा वा बयान गर्दा नदेखाइएका आधार र प्रमाण पछि ग्राह्य हुन नसक्ने । (प्रकरण नं.४) शुरू फैसला गर्ने :– मा.न्या.श्री विनोदमोहन आचार्य पुनरावेदन फैसला गर्ने :– मा.मु.न्या.श्री वैद्यनाथ उपाध्याय मा.न्या श्री पुरूषोत्तम भण्डारी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9014
मुद्दाको विषयमानाचामल
निर्णय वर्ष / मिति2070/01/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.०६६-CI-०८८०
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9014
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्