नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9008 · वि.सं. २०७०

नि.नं. 9008 — बकसपत्र दर्ता बदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रचलित कानूनमा विवादसँग सम्बद्ध विषयमा नालिस वा उजूर गर्न भनी कुनै निश्चित् हदम्यादको व्यवस्था भएकोमा न्यायिक उपचारको माग गरी अदालतसमक्ष प्रवेश गर्ने पक्षले कानूनद्वारा निर्दिष्ट हदम्यादको अनुशरण गरेर मात्रै कानूनी उपचार खोज्नुपर्दछ । अदालतले पनि यस प्रकारको विवादमा न्यायिक निरूपणको क्रममा सर्वप्रथम फिराद कानूनमा उल्लिखित हदम्यादभित्र दायर भए नभएको कुरा यकीन गरी हदम्यादभित्रै दर्ता भएको देखिन आएमा मात्र विवादको तथ्यभित्र प्रवेश गरी सम्बद्ध कानून र प्रमाणका आधारमा विवादको न्याय निरूपण गर्नुपर्ने । § मुद्दामा हदम्यादको विषय विवादसँग सम्बन्धित कुनै पक्षले आफ्नो इन्छाअनुकूल संकुचित वा विस्तार गर्ने विषय नभई यो विशुद्ध विधायिकी कानूनद्वारा निर्दिष्ट भई प्राप्त हुने कानूनी हक हो । यस्तो हकलाई कुनै पक्षको अनुकूल वा प्रतिकूल हुने गरी व्याख्या गर्न नमिल्ने । § कानूनमा हदम्यादको विषय जे जुनरूपमा र जसरी प्रयुक्त भएको छ, अदालतले पनि सोसम्बन्धी कानूनी प्रावधानको व्याख्या कानूनी शब्दको अर्थ र उद्देश्यअनुरूप मात्रै गर्नुपर्ने । (प्रकरण नं.५) § अंश मुद्दाको ठहर खण्डमा केही उल्लेख नगरी फैसलाको तपसिल खण्डमा बण्डा हुने सम्पत्तिमा उल्लेख भएको आधारमा मात्र अंश मुद्दाबाट हक कायम भएको मान्न नमिल्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9008
मुद्दाको विषयबकसपत्र दर्ता बदर ।
निर्णय वर्ष / मिति2070/02/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.२०६५-CI-०७२६
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9008
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्