नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9006 · वि.सं. २०७०

नि.नं. 9006 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निर्दोषिताको अनुमान पाउने फौजदारी न्यायको मान्य सिद्धान्तमा आधारित प्रावधानलाई संविधानले मौलिक हकको रूपमा राखेको हुँदा नागरिक अधिकारको पक्षमा भएको देखाउँदै सार्वजनिक सरोकारको विषय उठाउने निवेदकहरूले त्यसतर्फ ध्यान पुर्‍याउन वाञ्छनीय हुने । (प्रकरण नं.५) § नेपालको फौजदारी न्याय प्रशासनसँग सम्बन्धित अधिकांश कानूनहरू परम्परागत मान्यतामा आधारित देखिन्छन् । सामाजिक चेतनाको स्तर अभियुक्तलाई थुनामै राख्नुपर्छ भन्ने रहेको छ भन्ने कुरा आफूलाई नागरिकको वैयक्तिक स्वतन्त्रताको पक्षमा उभ्याउनु पर्ने कानून व्यवसायी जस्तो व्यक्ति निवेदकले उठाएको निवेदनको विषयवस्तुबाट समेत छर्लङ्ग हुन्छ । निवेदकको चिन्ता उल्टो र मनोगत देखिएकोले त्यस्तो विषयमा थप व्याख्या विश्लेषण गरिरहन आवश्यक नहुने । (प्रकरण नं.७) § गैरहिरासतीय विकल्पको रूपमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ र सरकारी मुद्दासम्बन्धी नियमावली, २०५५ मा रहेका हाजीर जमानीमा छाड्न सक्ने व्यवस्था संविधान, फौजदारी न्यायको मान्य सिद्धान्त र अन्तर्राष्ट्रिय मापदण्ड तथा व्यवहारसमेतको अनकूल रहेको देखिने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9006
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2069/11/24
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9006
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्