नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9004 · वि.सं. २०७०

नि.नं. 9004 — घर भत्काई खिचोला मेटाईसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंश मुद्दा नै नपरेको अवस्थामा को, के, कति अंशियार हुने र कुनै सम्पत्ति पैतृक हो वा सगोलको हो वा बण्डा लाग्ने वा नलाग्ने सम्पत्ति हो भनी अंशसम्बन्धी विषयमा घर भत्काई खिचोला मुद्दाबाट निरोपण हुन नसक्ने । (प्रकरण नं.३) § जुन घर भत्काई पाऊँ भनी दावी लिएको हो सो घर जग्गा बकसपत्रबाट पाएको देखिए पनि सगोलको हो भनी विवाद उठी अंशबण्डा भइसकेको नभई सगोलमा बसी अंशियारा रहेको तथ्यमा दुवैको मुख मिलेको अवस्थामा स्वआर्जन वा अंश लाग्ने सम्पत्ति हो होइन भनी घर भत्काई खिचोला मुद्दाबाट निर्णय गर्न सकिने अवस्था नरहेको र सगोलका अंशियारबीच जग्गा खिचोलाको स्थिति नआउने र त्यस्तो जग्गामा बनेको घरमा पनि दुई छुट्टाछुट्टै बेसरोकारका व्यक्तिबीचको विवाद भएको जस्तो गरी भत्काउने अवस्था हुन नसक्ने । (प्रकरण नं.४) § सगोल परिवारबीचको कुनै सम्पत्ति बण्डा लाग्ने हो होइन भनी अंश मुद्दा परेका बखत निर्णय हुने विषयवस्तु भएको र सगोल परिवारबीच अंशको मुद्दा नै नपरेको अवस्थामा उनाउ बेसरोकारवाला व्यक्तिहरूबीचको जग्गा खिचोलाको झगडा वा व्यवहार जस्तो गरी सगोलका अंशियारबीचको जग्गा खिचोलाको वारदात वा तथ्य सिर्जित नहुने हुनाले त्यसमा बनेको घर भत्काई पाऊँ भन्ने सगोल अंशियारको वादी दावी अंशियारबीचकै प्रतिवादी विरुद्ध लाग्न नसक्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9004
मुद्दाको विषयघर भत्काई खिचोला मेटाईसमेत
निर्णय वर्ष / मिति2070/02/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
मुद्दा नं.०६४-CI-१२७५
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9004
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्