नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8994 · वि.सं. २०७०

नि.नं. 8994 — उत्प्रेषणयुक्त परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुद्दामा भएको फैसलाको कार्यान्वयन उक्त मुद्दाको औचित्यको लागि अनिवार्य र आवश्यक शर्त हो । मुद्दाको कार्यान्वयन गराइपाउने पक्षले नै कार्यान्वयन नगर्ने गरी म्याद नै गुजारी बसेमा वा उदासीनता देखाएमा बाहेक मुद्दा कार्यान्वयनको लागि अदालतमा निवेदन दिइसकेपछि घरसारमा मिलापत्र गरेको वा लेनदेन गरेको कुरासम्मलाई पनि कानूनी व्यवस्थाले स्वीकार नगरी अड्डाबाट नै ऐन फैसलाबमोजिम दिलाई भराई दिनुपर्ने व्यवस्था भएकाले फैसला कार्यान्वयन गराइपाउनु पक्षको निर्विवाद हक हुन जाने । (प्रकरण नं.२) § सामान्यतः तामेली भन्नाले कुनै काम सम्पन्न भैसकेको वा मुद्दाको रोहमा अब थप कुनै निर्णय गर्न नपर्ने गरी मुद्दा टुङ्ग्याउने कार्य भन्ने बुझिन्छ । यो कानून व्याख्यासम्बन्धी शाब्दिक (Literal) व्याख्याको नियम हो । शाब्दिक व्याख्या वा शब्दको सोझो अर्थ गर्दा कानूनको उद्देश्य र मनसाय पूरा हुने भएमा शाब्दिक व्याख्या नै गर्नुपर्छ । तर, कतिपय अवस्थामा शाब्दिक व्याख्याले प्रचलित ऐन, कानून र कानूनी लिखतका भावना र उद्देश्य नसमेट्ने अवस्था भएमा व्याख्याको स्वर्णीम नियमलाई अवलम्बन गर्नुपर्ने । § न्यायको रोहमा कानूनका भावना र उद्देश्य समेट्ने गरी कानूनको सकारात्मक पक्ष, भावना र मर्मलाई भेट्टाउन कानून, फैसला वा आदेशलगायत कानूनी लिखतमा प्रयोग भएका शब्दहरूको समग्र पृष्ठभूमि, भावना र मर्मलाई समेत मनन् गरी शाब्दिक व्याख्याभन्दा पर गई स्वर्णीम व्याख्या (Golden Rule of Interpretation) पनि गर्नुपर्ने । (प्रकरण नं.४) § मुद्दाको अवस्था र परिस्थिति हेरी मुद्दाको अन्तिम टुङ्गो नलागेको अवस्थामा त्यस्तो मुद्दा तामेलीमा राखे पनि आवश्यकता र परिस्थितिअनुसार उक्त तामेली जगाउन सक्ने अभ्यास र प्रचलन रहिआएको अवस्थामा तामेली रहेको विवाद जगाउन नै नसकिने भन्ने देखिएन । अर्थात् मुद्दाको कारवाहीको अवस्था र परिस्थिति हेरी तामेली जगाउन सक्ने । (प्रकरण नं.५) § बिगोको कारवाही सम्पन्न हुन बाँकी नै रहेको अवस्थामा तत्कालीन असहज परिस्थितिको कारण देखाई पक्षले मुलतवी राखिपाऊँ भनी निवेदन दिएको अवस्थामा तहसीलदारबाट तामेली आदेश भएकै आधारमा मात्र उक्त तामेली शब्दको प्रयोग भएको एकमात्र कारणले बिगोको कारवाही सम्पन्न भएको भन्ने अर्थ गरी तामेली जगाउन नमिल्ने भन्ने अवस्था नदेखिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8994
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशसमेत
निर्णय वर्ष / मिति2069/05/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
मुद्दा नं.०६६-WO-०९२६
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8994
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्