नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8988 · वि.सं. २०७०

नि.नं. 8988 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै अमुक घटना वा व्यवहार कुनै व्यक्तिका लागि तत्कालै गम्भीर प्रकृतिको रीस उठ्ने विषय बन्न सक्दछ भने कसैका लागि सामान्य वा कसैकसैलाई रीसै नउठ्ने पनि हुन सक्दछ । त्यसैले के कस्तो आचरण वा व्यवहारबाट के कस्तो प्रकृतिको के कति मात्रामा रीस उठ्छ वा उठ्दैन भन्ने कुराको स्वीकार्य मापदण्ड बनाउन सजिलो हुँदैन । तर तत्काल उठेको रीसबाट आवेशमा आई गरिने आचरण, व्यवहार वा क्रियाकलापको न्यूनतम् स्वीकार्य मापदण्ड भने हुन सक्ने । (प्रकरण नं.१०) § घाँटी न्याकी पटक–पटक टेबुलमा टाउको ठोक्काइएको कारणबाट बेहोस भई भूइँमा लडेकी महिलालाई निजकै (चुन्नी) सलले घाँटी कसेर मारिएको क्रिया मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. ले परिकल्पना गरेको तत्काल उठेको रीस थाम्न नसकी गरेको कार्य तथा सामान्य लाठा, ढुङ्गा वा लात मुक्काले हानेको अवस्था नभै घाँटीमा सलले कसी मारेको क्रियालाई यसअन्तर्गत समावेश गर्न नमिल्ने । § पटक–पटक टाउको ठोक्काई पहिले नै बेहोस भई लडेको व्यक्तिको पुनः घाँटी कसी मार्नेसम्मको कार्य गरिन्छ भने त्यस्तोमा मानिस मार्ने मनसाय थियो थिएन भनी खोजी गरिरहनु पर्दैन । सो कार्य स्वयं नै मनसाय पुष्टि हुने पर्याप्त र वस्तुनिष्ठ आधार हो । यस्ता कतिपय क्रूर र अमानवीय हत्याका वारदातमा आपराधिक कार्यबाट नै मनसाय निःसृत हुने हुँदा मनसाय तत्वको निरपेक्ष खोजी गर्न आवश्यक नहुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8988
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2069/06/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.०६८-CF-००१६
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8988
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्