नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8984 · वि.सं. २०७०

नि.नं. 8984 — जालसाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ फिराद दावी र प्रतिउत्तर जिकीरबाट मुद्दाको विषयवस्तु बन्ने भई सोही सीमामा रही मुद्दाका निर्णायक प्रश्नहरू निर्धारण गर्नुपर्ने हुन्छ । अ.बं.१३३ बमोजिम गराइने कागजबाट थप दावी गरिएको रहेछ भने वा थप प्रतिवाद गरिएको रहेछ भने पनि ती सम्बन्धित फिराद र प्रतिउत्तर भन्दा पृथक रहेछन् भने यस्ता नयाँ तथ्य वा माग वा जिकीरले मुद्दाको निर्णायक प्रश्न निर्धारण गर्नुपर्दा कुनै कानूनी महत्व राख्दैन । तसर्थ फिराद तथा त्यसको प्रतिवादस्वरूप प्रस्तुत प्रतिउत्तरमा सीमित भई अदालतले आफ्नो फैसला दिनुपर्ने । § कीर्ते कागजको ३ नं. र १० नं. अंगाली दायर फिरादमा फैसला बदर, दर्ता बदर र दर्ता हक कायम प्रकृतिका देवानी माग समेत लिइएको फिराद अ.बं. ७२ नं. प्रतिकूल हुन्छ । फिराद देवानी वा फौजदारी कुन प्रकृतिको हो भन्ने निर्धारण गर्नुपर्दा फिरादपत्रले टेकेका कानूनी आधारलाई हेर्नुपर्ने । § जालसाजी क्रियाबाट हक स्थापित हुँदैन । जालसाजी ठहर भएको स्रोतले कसैलाई पनि हक प्रदान गर्न सक्दैन् । दर्ता बदर, दर्ता र हककायम समेत एउटै फिरादमा माग गरिएको अवस्थामा देवानी विषयमा प्रवेश नगरी निष्कर्षमा पुग्न नसकिने भएकाले फौजदारी विषयक मुद्दाबाट देवानी उपचार दिन कानूनन् असम्भव भएको अवस्थामा वादी दावी पुग्ने निष्कर्ष निकाल्न न्यायोचित नहुने । (प्रकरण नं.४) § मुद्दा सकार परिवारको अगुवा भई व्यवहार गर्ने व्यक्तिले गर्ने हो । मुद्दा सकार गर्दा अन्य परिवार सदस्यको पनि मञ्जूरी चाहिन्छ भन्नु प्रचलित कानून र व्यवहार प्रतिकूल हुन्छ । कसैले मुद्दा सकार गरेकोमा आपत्ति भए वा आफू पनि सरिक हुनपर्ने ईच्छा भए मुद्दा सकार समेतका माध्यमले मुद्दामा संलग्न हुन सकिन्छ । मुद्दा सकार गर्नेको हैसियत पक्ष सरह हुने हुँदा निजले मुद्दा फिर्ता लिन सक्ने । (प्रकरण नं.५) § मुद्दामा पक्ष कायम भएको मुद्दामा मिलापत्र गर्ने वा मुद्दा नै फिर्ता लिने जस्ता अधिकारको प्रयोग गर्न कुनै कानूनले रोक नलगाएकोले मुद्दामा पक्ष कायम भएको व्यक्तिले अदालतमा मुद्दा फिर्ताको लागि निवेदन दिई मुद्दा फिर्ता भएको कार्य आफैंमा जालसाजी हुन नसक्ने । (प्रकरण नं.६) § दावी लिएकै भरमा सकार गर्न सक्ने परिवारका सदस्यले मुद्दा फिर्ता लिँदैमा वा मिलापत्र गर्दैमा वा सो मुद्दामा पक्षको हैसियतले कुनै कार्य गर्दैमा ती कार्य जालसाजी घोषित गर्दै जाने हो भने पारिवारिक संरचना र कानूनी प्रणालीलाई नै पुनर्परिभाषित गर्नुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8984
मुद्दाको विषयजालसाज
निर्णय वर्ष / मिति2070/01/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.०६६-CR-०७५८
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8984
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्