नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8983 · वि.सं. २०७०

नि.नं. 8983 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लेनदेन मुद्दाको फैसलाबमोजिमको विगो प्रतिवादीले बुझाउन नसके वादीले सिधाखर्च दाखिल गरेमा थुनामा राख्नुपर्ने व्यवस्था देखिन्छ । यहाँ प्रतिवादीलाई कानूनले कुनै विकल्प दिएको देखिँदैन । अर्काको ऋण खाएपछि दिनु, तिर्नु ऋण खानेको कर्तव्य नै हो । आफै ऋण नतिरेपछि अदालतमा मुद्दा परी फैसला भैसकेपछि फैसलाबमोजिमको विगो बुझाउन प्रतिवादी बाध्य हुन्छ । यो वा त्यो बहानामा उसले उन्मुक्ति प्राप्त गर्न नसक्ने । § फैसलापश्चात् स्वयं अग्रसर भै विगो बुझाउनुपर्नेमा वादीले प्रतिवादीको नाउँमा जायजेथा खोजी दरखास्त हाल्नुपर्ने र जायजेथा फेला नपारेको अवस्थामा सिधाखर्च दाखिल गरी थुनामा राख्न पाउने कानूनी व्यवस्थामा वादीको दरखास्त दायर भएपछि प्रतिवादीले सम्भव भए नगदै बुझाउनु पर्दछ, सम्भव छैन भने आफ्नो नाउँको जायजेथा देखाउनु पर्दछ । यी दुई अवस्था देखाउन नसकेको अवस्थामा थुनामा राख्न पाउने । § अरूसँग मुद्दा चलिरहेको छ भनेर लेनदेन व्यवहारको १९ नं र दण्ड सजायको ४२(२) को कानूनी व्यवस्थालाई निष्क्रिय बनाउन मिल्दैन । मुद्दा चल्नु एउटा प्रक्रियासम्म हो । मुद्दा चलिरहेको अवस्थामा उसको हक ठहर्न पनि सक्छ र नठहर्न पनि सक्दछ । न्यायिक निकायमा विचाराधिन विषयवस्तुलाई आधार लिई अन्तिम भएर रहेको फैसलाको कार्यान्वयनलाई अवरोध खडा गर्नु न्यायोचित नहुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8983
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2069/11/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशीला कार्की
मुद्दा नं.२०६४-WO-०४९६
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8983
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्