नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8980 · वि.सं. २०७०

नि.नं. 8980 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निजामती किताबखानाको अभिलेख समेतबाट उमेर ५० वर्ष पुगेको नदेखिएकोले निजामती सेवा ऐनमा उल्लिखित शर्त पूरा गरी निवेदन दिएका बखत कानूनबमोजिम हुने नै हुँदा कानूनमा भएको व्यवस्था विपरीत अवकाश पत्रअनुसार एक श्रेणीमाथिको सुविधा दिनु दिलाउनु भनी अहिले नै आदेश प्रदान गर्न नमिल्ने । (प्रकरण नं.५) § निर्णय कार्यान्वयन भएमा मात्र त्यसले सार्थकता पाउँछ । नत्र त्यसको अर्थ हुँदैन । एकै साथ बढुवा गरी राजीनामा समेत स्वीकृत गरेको अवस्थामा बढुवा गर्न उमेर नपुगेका कारण बढुवा कार्यान्वयन हुन नसकेको बढुवालाई छाडी राजीनामा मात्र कार्यान्वयन गर्छु भन्न कानूनतः मिल्दैन । बढुवा कायम नहुने तर राजीनामा भने स्वीकृत हुने भनी आंशिक निर्णय कायम राख्न उचित र विवेकसम्मत समेत नदेखिने । (प्रकरण नं.६) § आफूले बढुवा पाउँछु भनेर राजीनामा दिएको तर कानूनी व्यवस्थाको कारण अन्ततः बढुवा नहुने भएपछि सेवाको निरन्तरताको लागि गएकोमा राजीनामा मात्र स्वीकार र कार्यान्वयन गर्छु भन्न नमिल्ने । § एउटै राजीनामा पत्रमा उल्लिखित आफू प्रतिकूलका कुरा लागू नगर्ने तर आफू अनुकूलका कुरा मात्र पालन गर्ने, कार्यान्वयन गर्ने गरी राजीनामा बदर गर्न नमिल्ने भनी निर्णय गरेकाले निवेदकलाई सेवामा निरन्तरता दिन नमिल्ने गरी भएको निर्णय कानूनसम्मत नदेखिने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8980
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2069/09/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
मुद्दा नं.०६८-WO-०९४१
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8980
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्