नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8978 · वि.सं. २०७०
नि.नं. 8978 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै पनि विश्वविद्यालयद्वारा प्रचलित कानूनको अधीनमा रही निर्धारण गरिएको कुनै विषयको पाठ्यक्रम तथा विद्यार्थी भर्नासम्बन्धी शैक्षिक योग्यताको अन्तर्वस्तुभित्र प्रवेश गरी त्यसको उपयुक्तता वा औचित्यका विषयमा अदालतले पुनरालोकन गर्न नमिल्ने । § नीतिगत एवं प्राज्ञिक विषयवस्तुहरू नीतिगत एवं प्राज्ञिक तहबाटै निरोपण हुने वातावरणको सिर्जना भई सम्बन्धित तह वा निकायहरूमा व्यवसायिकताको विकासका लागि मार्गप्रशस्त हुने । (प्रकरण नं.१२) § विश्वविद्यालयका आन्तरिक निर्णय तथा पत्र परिपत्रहरू सार्वजनिकरूपमा प्रकाशन नगरेसम्म सर्वसाधारणको जानकारीमा आउँदैनन् र विश्वविद्यालयबाट सञ्चार माध्यमहरूमा प्रकाशन हुने सार्वजनिक सूचनाहरूलाई नै आधिकारिक मानी सर्वसाधारण तथा भर्नाका आकाङ्क्षी विद्यार्थीहरूले विश्वविद्यालयसँग व्यवहार गर्नुपर्ने हुन्छ र यस्ता सूचनाहरूलाई नै वैध मानी त्यसैमा भर पर्नु उनीहरूका लागि अस्वाभाविक पनि नहुने । (प्रकरण नं.१४) § शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना तथा पठनपाठनलगायत सम्बन्धनसँग सम्बन्धित विषयवस्तुमा कलेजहरूलाई विश्वविद्यालयको नीति तथा उद्देश्यअनुरुप कटिवद्ध र दुरुस्त रहन लगाई त्यसको उत्तरदायित्व स्वयं बोध गर्ने कर्तव्यबाट पनि विपक्षी विश्वविद्यालय विमुख हुन नसक्ने । (प्रकरण नं.१६) § विश्वविद्यालय वा यसको सम्बन्धनप्राप्त मेडिकल कलेजले निवेदकलाई एम.बी.बी.एस.कार्यक्रममा भर्नाका लागि योग्यता परीक्षण गर्न सञ्चालित प्रवेश परीक्षामा उत्तीर्ण गराई भर्ना लिई आफ्नो आचरण र व्यवहारबाट निवेदकलाई योग्य ठहर्याई केही सत्र अध्ययनसमेत गरी सकेपछि निजको भर्नासम्बन्धी योग्यतामा प्रश्न उठाई रजिष्ट्रेशन गर्न इन्कार गरेको कार्यलाई औचित्यपूर्ण एवं मनासीब भन्न नसकिने । (प्रकरण नं.१८) § शैक्षिक योग्यताका सम्बन्धमा विपक्षी विश्वविद्यालयका तर्फबाट प्रवेश परीक्षा तथा भर्नाकै बखत तत्काल निर्णय हुन नसकेको यथार्थ र निवेदकले पनि वैध अपेक्षा (Legitimate Expectation) का साथ विपक्षी कलेजमा भर्ना भई गरेको अध्ययन र मेहनत तथा आर्थिक लगानी एवं व्यतीत भएको समय तत्व समेतलाई विचार गर्दा अध्ययन गर्नबाट वञ्चित गर्नु न्यायसंगत नहुने । (प्रकरण नं.१९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8978 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2069/12/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह |
| मुद्दा नं. | ०६६-WO-०९०० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 8978 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
