नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8974 · वि.सं. २०७०

नि.नं. 8974 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ न्यूनतम शैक्षिक योग्यता पूरा गरी लिइएका तालीमबापतको अङ्क दिइनेछ भन्ने नै उक्त नियमावलीको व्यवस्थाबाट स्पष्ट अर्थ बोध भैरहेको पाइन्छ । न्यूनतम शैक्षिक योग्यता पूरा गरी भन्ने नियमको पहिलो वाक्यांशमा उल्लेख भएको पदावलीबाटै सो कुरा थप प्रष्ट हुनेहुँदा यसमा द्विविधा हुनुपर्ने वा ब्याख्याको कुनै गुञ्जायस छैन । जहाँ कानूनी व्यवस्था अस्पष्ट वा द्विविधापूर्ण हुन्छ त्यस्तो अवस्थामा मात्र ब्याख्याको औचित्य रहन्छ । तर कानून स्वयम्‌मा स्पष्ट र बोधगम्य छ भने बलपूर्वक ब्याख्या गर्नु कानून ब्याख्याको नियमअनुरूप हुन नसक्ने । (प्रकरण नं.५) § शिक्षक पदमा रही सम्पादन गर्नुपर्ने कार्य प्रकृतिबाटै सम्बन्धित विषयको न्यूनतम् शैक्षिक योग्यता आवश्यक पर्ने । § शिक्षण पेशाले निश्चित् प्रकारको तालीमको समेत माग गर्दछ । त्यसैले सेवा प्रवेश गरेको शिक्षकको शिक्षण सिकाइ सीपको विकास गरी क्षमता अभिबृद्धि गर्नको लागि तालीम पनि उत्तिकै अपरिहार्य हुन जान्छ । यसबाट न्यूनतम् शैक्षिक योग्यता हासिल गरी सेवा प्रवेश गरेको शिक्षकले लिएको तालीमबापतको अङ्क प्रदान गर्नेगरी नियमावलीमा भएको व्यवस्था औचित्यका दृष्टिकोणबाट समेत अन्यथा नदेखिने । (प्रकरण नं.७) § न्यायिक ब्याख्याबाट नीति परिमार्जन गर्न नमिल्ने हुँदा त्यस्तो स्थितिको महसूस हुन गएमा सम्बन्धित निकायहरूले आफ्नो नीतिमा परिवर्तत गरी अब्यवहारिक कानूनहरूमा सुधार गर्दै जानु श्रेयस्कर हुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8974
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2069/07/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशीला कार्की
मुद्दा नं.०६७-WF-००२५
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8974
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्