नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8971 · वि.सं. २०७०
नि.नं. 8971 — सशर्त हालैको बकसपत्र लिखत दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कसैले अरूको समेत हक लाग्ने आफूले दिन नहुने सम्पत्ति बकस गरिदिएकोमा हक पुग्नेले उक्त लिखत बदर गरिपाऊँ भनी दावी लिई जान सकिनेमा लिखत गरी दिने पक्षले नै आफूले गरिदिएको लिखत बदर गरिपाऊँ भनी दावी गर्न नमिल्ने । § हालैदेखिको बकसपत्र लिखत पारित भएकै मितिदेखि दिनेको हक समाप्त भई लिनेको हक सिर्जना हुने भएकाले सोही मितिदेखि पाउनेले सो सम्पत्ति आफूखुश गर्न कुनै कानूनले निषेध नगरेको अवस्थामा उक्त सम्पत्ति आफ्नो श्रीमतीलाई हालैको बकसपत्र पारित गरेको क्रियालाई कानूनविपरीतको कार्य भन्न नमिल्ने । (प्रकरण नं.४) § कारणीहरू बीच मौकामा जे व्यवहार गरिएको हो र लिखतमा जे व्यहोरा लेखिएको हो, सो लिखतबाट जे व्यहोरा देखिन्छ वा जस्तो व्यवहार भएको देखिन्छ अदालतबाट सो लिखतबाट देखिएको व्यहोरा वा भएको व्यवहारको घोषणासम्म गरिदिने हो । घरसारको कागजमा उल्लेख गरेको शर्त पारित बकसपत्रको लिखतमा उल्लेख भएको नदेखिएको अवस्थामा अहिले आएर अदालतले बिनाआधार र कारण सो शर्त पालना नगरेको भनी बोल्न नमिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8971 |
|---|---|
| मुद्दाको विषय | सशर्त हालैको बकसपत्र लिखत दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2069/10/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह |
| मुद्दा नं. | ०६६-NF-०००२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 8971 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
