नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8969 · वि.सं. २०७०

नि.नं. 8969 — करारको यथावत परिपालना गराई पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुरानो ऐनअनुसार सिर्जना भएको र नयां कानूनले प्रतिवन्ध नलगाएको कुनै विषयवस्तु भएको करारको परिपालना सम्बन्धमा नयां कानून लागू भएपछि उत्पन्न विवादको निरुपणको प्रक्रिया, उपलव्ध उपचार तथा हदम्यादका सम्बन्धमा नयां ऐनको व्यवस्था लागू हुने हुंदा यस्तो विवादमा पुरानो कानून लागू हुने अवस्था नहुने । § करारको वैधताको प्रश्नलाई पुरानो कानूनको आधारमा परीक्षण गर्नु पर्दछ र नयां कानून विभेदकारी नभएको अवस्थामा करार अक्षुणता वा उक्त करार उल्लघंन हुंदा कस्तो उपचार प्राप्त गर्ने भन्ने प्रश्नलाई नयां कानूनको आधारमा निरुपण गर्नुपर्ने हुंदा करारको परिपालना, दायित्वबाट उन्मुक्ति, हदम्याद तथा पक्षहरूलाई प्राप्त हुने उपचार सम्बन्धमा पनि नयां कानून नै लागू हुने । (प्रकरण नं.५) § सम्झौतामा उल्लिखित घर जग्गाको मूल्य बुझी लिएको तर घर जग्गा रजिष्ट्रेशन पारित गरी नदिएकोले घर जग्गाको रजिष्ट्रेशन पारित गराई करारीय दायित्व पूरा गराई पाऊँ भन्ने पक्षले सम्झौतामा उल्लिखित सम्पूर्ण मूल्य चुक्ता गरेको र प्रतिवादीले उक्त मूल्य बुझी लिएको भरपाई वा रसिद जम्मा गर्नु पर्याप्त हुन्छ । तर घर जग्गाको बिक्री मूल्यमा विवाद भएको अवस्थामा यस्तो रसिद मात्र करारीय दायित्व पालना गरेको छ भन्ने कुराको अकाट्य प्रमाण नहुन नसक्ने । § करारमा नै निविर्वाद रुपमा स्पष्टसंग यकीन भएको मूल्य बुझिलिन इन्कार गरी घर जग्गा रजिष्ट्रेशन पारित गराई दिनुपर्ने दायित्व पूरा नगरेको अवस्थामा करारीय दायित्व पूरा गराई पाऊं भनी दावी लिनेले करारमा नै यकीन भएको घर जग्गाको मूल्य फिराद साथ अदालतमा धरौट राख्नु वाहेक दायित्व पूरा गरेको विषयको अर्को प्रमाण हुन सक्तैन । घर जग्गाको मूल्य भुक्तानी गर्ने वादीको आर्थिक क्षमता भएको वा मूल्य भुक्तानी गर्न आवश्यक पर्ने रकम बैंक खातामा मौज्दात छ भन्ने कुराले मात्र दायित्व परिपालनाको प्रमाण हुन नसक्ने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8969
मुद्दाको विषयकरारको यथावत परिपालना गराई पाऊँ
निर्णय वर्ष / मिति2069/05/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भरतराज उप्रेती
मुद्दा नं.०६८-CI-०३४४
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8969
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्