नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8941 · वि.सं. २०७०
नि.नं. 8941 — उत्प्रेषण परमादेश समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भन्सार एजेन्टको मृत्युपश्चात् निजको भन्सार एजेन्टसम्बन्धी अधिकार र स्वामित्व पनि स्वतः समाप्त भई हस्तान्तरण हुन नसक्ने । (प्रकरण नं.६) § भन्सार एजेन्टसम्बन्धी इजाजत पत्र निश्चित् व्यक्तिगत योग्यता र क्षमताको आधारमा प्राकृतिक व्यक्तिले मात्र प्राप्त गर्न सक्ने इजाजत पत्र हो भन्ने देखिएकाले भन्सार ऐन र भन्सार नियमावली, २०६४ बमोजिम भन्सार एजेन्ट इजाजत पत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् त्यस्तो इजाजत पत्र मृतक व्यक्तिको हकवालाको नाममा नामसारी हुन नसक्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8941 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश समेत |
| निर्णय वर्ष / मिति | 2069/08/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| मुद्दा नं. | २०६६-WO-१०५८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 8941 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
