नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8934 · वि.सं. २०६९
नि.नं. 8934 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लिलामसम्बन्धी कारवाहीको सार्वजनिक सूचना पत्रिकामा प्रकाशित गरी डाँक लिलाम वढावढद्वारा वढी डाँक वोल्नेलाई लिलाम गरेको तथ्यलाई अन्यथा भन्न नमिल्ने । § लिलामको डाँक नेपाली नागरिक जो जसले पनि बोली लिन सक्ने हुँदा सवै भन्दा वढी डाँक बोली लिलाम जग्गा स्वीकारेकोलाई गैरकानूनी भन्न नमिल्ने । (प्रकरण नं.५) § सार्वजनिक रूपमा बोलपत्र आह्वान गरी वढावढ गरी लिलाम गरिएको अवस्थामा न्यूनतम् मूल्य कायम गरिएको अङ्कको प्रभावकारी भूमिका रहँदैन । धितो राखिएको जेथा जग्गाको धितो राख्दा कायम गरिएको मूल्याङ्कन भन्दा कम मूल्याङ्कन भएको भन्ने नहुँदा अन्यायपूर्ण र गैरकानूनी ढंगले मूल्याङ्कन गरी लिलाम भएको भन्न नमिल्ने । (प्रकरण नं.६) § लिलाम भै दा.खा.दर्ता समेत भइसकेको अवस्थामा लिलाम बदरको लागि सम्बन्धित जिल्ला अदालतमा उजूरी लिई जान सक्ने हुँदा वैंकल्पिक उपचारको मार्ग हुँदाहुदै असाधारण अधिकारक्षेत्रबाट बोल्न नमिल्ने । (प्रकरण नं.७) § ऋणीले ऋण लिंदाकै अवस्थामा धितो राखिएको जग्गाको समय सीमाभित्र ऋण नतिरे सो धितो जग्गाबाट असूल गरी लिनु भनी मञ्जूरी गरी हक परित्याग गरेको समेतका अवस्थामा कानूनी प्रक्रियाबमोजिम विधिसम्मत् तवरबाट धितो जग्गा लिलाम वढावढमा विपक्षीले वढी मोलमा वढावढबाट सकार गरेको भै निजका नाममा दा.खा. दर्ता समेत भैसकेपछि हाल आएर ऋणीका छोराहरूले बैंकको ऋण असूली प्रक्रियालाई निष्प्रभावी र निस्तेज तुल्याउने गरी साधारण अधिकारक्षेत्रको नियमित प्रक्रियाबाट विचलित भै असाधारण अधिकारक्षेत्र ग्रहण गरी दिएको निवेदनबाट संवैधानिक हक अधिकारमा आघात पुगेको भन्न नमिल्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8934 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2068/12/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| मुद्दा नं. | ०६७-WO-०८२४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8934 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
