नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8932 · वि.सं. २०६९
नि.नं. 8932 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ हालैको बकसपत्र भन्ने र राजीनामा भन्ने कुरा स्वाभावैले हक हस्तान्तरण गर्ने सम्बन्धी भिन्नभिन्न किसिमका तरिका भएकाले एउटा तरिकाको लिखतबाट अर्को लिखतको प्रयोजन हासिल हुन नसक्ने । § रजिष्ट्रेशन गर्ने प्रयोजनार्थ नगद लिएको कुरा लेखिएको भन्ने कुरालाई मात्र आधार मानी दातालाई सहयोग गरी खुशी तुल्याई जग्गा बकस पाएको अस्तित्वलाई अनदेखा गरी त्यसरी पाएको जग्गालाई खरीद गरी लिएको भन्ने अर्थ गरी उक्त जग्गा बण्डा लाग्ने सम्पत्ति हो भनी निष्कर्षमा पुग्न नमिल्ने । § बकसपत्र मूल्य वेगरै दिइने र त्यस्तो प्राप्त गर्नेले पनि निजी रूपमा प्रयोग गर्न पाउने हुँदा यस्तो सम्पत्ति अंशियारहरू बीच बण्डा समेत लाग्न नसक्ने । (प्रकरण नं.४) § राजीनामा र बकसपत्रको दुवै लिखतलाई रजिष्ट्रेशन पारित गर्ने ढाँचा एकै किसिमको रहेको कारणबाट जनसाधारणको सम्पत्ति भोगचलन गर्ने साम्पत्तिक अधिकारमा कानूनी जटिलता र द्विविधा सिर्जना गर्ने गरेकोले यस्ता जनसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने सम्पत्तिको अधिकारको प्रमाणका रूपमा रहने राजीनामा र बकसपत्र लिखतलाई राजिष्ट्रेशन पारित गर्ने प्रयोजनको लागि भिन्नभिन्न ढाँचा प्रयोगमा ल्याउनु भनी मालपोत विभागका नाममा निर्देशनात्मक आदेश जारी हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8932 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2069/03/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय |
| मुद्दा नं. | ०६६-CI-१०१६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8932 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
