नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8931 · वि.सं. २०६९
नि.नं. 8931 — लिखत दर्ता बदर, दर्ता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फैसलाको जनाउ दिने अ.व. १९३ नं बमोजिमको कानूनी व्यवस्था र अ.व. १९७ नं. अनुरूप फैसलाको प्रतिलिपि सारेको मितिमध्येबाट पुनरावेदन गर्ने कानूनी व्यवस्थामध्ये जुनसुकै माध्यमबाट भएपनि मुद्दाका पक्षको तर्फबाट कानूनले निर्धारित गरेको म्यादभित्र पुनरावेदन पर्न आएको अवस्थामा कानूनले निर्धारित गरेको म्यादभित्रै पुनरावेदन दायर गरेको कुरालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.२) § एकपटक आफ्नो हकभोगको जग्गाको हस्तान्तरण गरी स्वेच्छाले आफूले सो हक परिवर्तन गरिसकेपछि त्यस्तो जग्गाको सम्बन्धमा कुनै उपयोग, छूट वा लाभ प्राप्त गर्ने अधिकार रहन नसक्ने । § प्राविधिक कारणले दर्ता हुन नसकेकै कारण हक निष्क्रिय गर्ने अधिकार नहुने । (प्रकरण नं.२) § निर्विवाद हक भोगको अवस्थाको विद्यमानता भएमा मात्र वास्तविक स्वामीले आफ्नो स्वामित्व हस्तान्तरण गर्न सक्ने हुन्छ । गैरस्वामीले स्वामित्व हस्तान्तरण गर्ने अवस्था नभएसम्म गैरस्वामीबाट हस्तान्तरण भएको स्वामित्वलाई कानूनतः मान्यता प्राप्त गरेको सम्झन नमिल्ने । (प्रकरण नं.५) § एकपटक कानूनतः आफ्नो स्वामित्वको हक टुटाई स्वामित्व परिवर्तन गरिसकेपछि दा.खा हुन नसकिरहेकै कारणबाट सो जग्गाको स्वामित्व आफूमा अन्तर्निहीत छ भनी जग्गा धितो राख्न मञ्जूरी दिई जग्गा धितोमा राखी ऋणीले ऋण चुक्ता गर्न नसकेकै कारण लिलाम गरेको र सो लिलाम रीतपूर्वक भएकै कारण तेस्रो पक्षले स्वामित्व ग्रहण गर्न नसक्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8931 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर, दर्ता कायम |
| निर्णय वर्ष / मिति | 2069/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल |
| मुद्दा नं. | ०६५-CI-००२५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8931 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
