नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8924 · वि.सं. २०६९

नि.नं. 8924 — उत्प्रेषण परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एक व्यक्तिले धेरै व्यक्तिलाई शेषपछिको बकसपत्र दिएको अवस्थामा शेषपछिको बकसपत्र पाउनेमध्ये कुनै एकको मृत्यु दाताको भन्दा अघि भएमा सम्पूर्ण लिखतको अस्तित्व समाप्त नभई मृतकका हकमा सम्म समाप्त भई निष्क्रिय हुने । (प्रकरण नं.४) § पति नाता भएका कारणले सम्पत्तिमा हक प्राप्त गर्नु, तर पतिले लिएको ऋणको दायित्व सो सम्पत्तिबाट व्यहोर्न इन्कार गर्नु न्यायोचित नहुने । (प्रकरण नं.७) § अपुताली नखाएको अवस्था हुनका लागि मृतकका हकमा रहेको कुनै पनि सम्पत्ति आफ्ना नाउँमा हक हस्तान्तरण गरी नलिएको वा मृतकको हकमा कुनै सम्पत्ति नभएको अवस्था हुनुपर्ने । § पतिको मृत्यु भएको भन्ने व्यहोरा उल्लेख गरी जग्गा अन्य व्यक्तिका नाउँमा दर्ता गर्न मञ्जूरी दिई आफ्ना छोरा बुहारीका नाममा जग्गा दर्ता समेत गराएको स्थितिमा पतिको अपुताली नलिएको नखाएको भन्ने अर्थ गर्न नमिल्ने । § भिन्न भएको भन्ने आधारमा मात्र लिएको ऋणको दायित्व व्यहोर्नु नपर्ने भन्न नमिल्ने । (प्रकरण नं.११) § मुलुकी ऐन दण्ड सजायको महल, जिल्ला अदालत नियमावली जस्ता कानूनहरुले अदालतलाई फैसला कार्यान्वनको जिम्मेवारी तोकिदिएको हुनाले अदालतले नै फैसला कार्यान्वनका लागि विशेष सक्रियता देखाउनु पर्ने । § पत्नी, छोरा, बुहारी समेतको नाममा सम्पत्ति भेटिएन भन्ने आधारमा अदालतको अन्तिम फैसला आफैँ निष्क्रिय तुल्याउन नहुने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8924
मुद्दाको विषयउत्प्रेषण परमादेश
निर्णय वर्ष / मिति2069/06/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री  प्रकाश वस्ती | माननीय न्यायाधीश श्री  ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.२०६७-WO-०५०४
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8924
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्