नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8923 · वि.सं. २०६९
नि.नं. 8923 — लागुऔषध
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सेवन प्रयोजनलाई खरिद गर्ने र विक्री बितरण गर्नेलाई खरिद हुने अवस्था छुट्याउन लागू औषधको परिमाणलाई हेरिनुपर्ने हुन्छ । सेवन प्रयोजनको लागि एक दुई डोजसम्मको लागि खरिद हुने हुँदा बरामद लागू औषध अत्याधिक मात्रामा देखिएकोले सेवनसम्मको लागि खरिद गरेको हो भन्न नमिल्ने । (प्रकरण नं.४) § कुनै चीज वस्तु सँग साथमा फेला पर्नु वा सो चीजवस्तु कसैसँग रहेको कुरा स्थापित हुनु तथ्यगत प्रश्न हो, सबै तथ्यगत विषय कसूर वा अपराध हुन नसक्ने । § कुनै प्रतिबन्धित वस्तु कसैको साथबाट फेला पर्नु नै आपराधिक कार्य (Corpus delicti) गरेको प्रमाणित भएको मानिने प्रकृतिका अपराध जसलाई Possessory Crime भनिन्छ, त्यस्ता अपराधमा आपराधिक कार्य स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीको हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8923 |
|---|---|
| मुद्दाको विषय | लागुऔषध |
| निर्णय वर्ष / मिति | 2069/06/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय |
| मुद्दा नं. | २०६५-CR-६०६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8923 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
