नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8922 · वि.सं. २०६९
नि.नं. 8922 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फोहरमैलालाई यसको उत्पन्न हुने स्रोतमा नै छुट्याई भष्मीकरण गरी व्यवस्थापन स्वास्थ्य संस्थाहरूबाट उत्पादन हुने हानिकारक फोहर र घर वा कार्यालयहरूबाट उत्पादन हुने सामान्य फोहर एकै ठाउँमा भण्डारण तथा विसर्जन गर्नाले सम्पूर्ण फोहोर हानिकारक हुन जान्छ र यसलाई व्यवस्थापन गर्न झनै कठिन हुन जान्छ । त्यसैले स्वास्थ्य संंस्थाको फोहरमैला व्यवस्थापन गर्दा सबैभन्दा महत्वपूर्ण कार्य सामान्य र हानिकारक गर्नुपर्ने । (प्रकरण नं.८) § अस्पताल, स्वास्थ केन्द्र एवं नर्सिङ्ग होम समेतलाई जिम्मेवार बनाई त्यस्ता स्वास्थ संस्थाहरूबाट निसृत हुने फोहर मैलाको व्यवस्थापनको दायित्व त्यस्ता संस्थाहरू समेत उपर लगाउनु पर्ने । § स्वास्थ संस्थाबाट निष्कने फोहरहरूलाई संक्रमित र असंक्रमित गरी दुई भागमा छुट्याई संक्रमित फोहोर अटोक्लेभ मेसिनमा राखेर निर्मलीकरण गरी किटाणुरहित भएपछि अरु फोहरमा मिसाई ल्याण्डफिल साइटमा पठाउने दायित्व त्यस्ता संस्थाहरूको हुन्छ । आफूले आर्जन गरेको मुनाफाको केही प्रतिशत फोहर मैलाको व्यवस्थापनको लागि अनिवार्यरूपमा खर्च गर्न लगाउनु समेत न्यायोचित हुने । (प्रकरण नं.१०) निवेदकहरूको तर्फबाट उपस्थित विद्वान अधिवक्ता राजुप्रसाद चापागाई
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8922 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2069/08/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय |
| मुद्दा नं. | २०६३-WO-०२१८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8922 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
