नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8920 · वि.सं. २०६९

नि.नं. 8920 — भरेङ बाटो कायम गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जग्गाको प्रकृति वा क्षेत्रफलबाट विवादित भर्‍याङ्ग लिखतभित्रको देखिन आएतापनि घर जग्गामा रहेको बाटोघाटो भर्‍याङ्ग निकास दुवै पक्षले प्रयोग गरी आएको स्थितिमा त्यस्तो निकास बाटोलाई एक पक्षको मात्रै कायम गरेमा सम्पत्ति उपभोगयोग्य नहुने हुन्छ । दुवै पक्षले साझा बाटोको रूपमा प्रयोग गरी आएको भर्‍याङ्गलाई एक पक्षले मात्रै प्रयोग गर्न पाउने भन्नलाई समन्यायको दृष्टिबाट नमिल्ने । (प्रकरण नं.२) § विधिशास्त्रीय मान्यतामा स्वामित्वको अभाव भए पनि निकासको सुविधाको दृष्टिले निरन्तर रूपमा भोग चलन गरिरहेको बाटो, भर्‍याङ्ग आदिलाई विशेषाधिकार (Servitude) को रूपमा लिइने हुँदा कुनै वस्तु एकाको स्वामित्वमा भएपनि निकास आदिमा सो वस्तुउपर अरुको कायम रहेको भोगाधिकारको हक सुनिश्चित् हुने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8920
मुद्दाको विषयभरेङ बाटो कायम गरिपाऊँ ।
निर्णय वर्ष / मिति2069/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
मुद्दा नं.२०६३-CI-१२४८
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8920
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्