नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8917 · वि.सं. २०६९

नि.नं. 8917 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मूल ऐनमा नै लिन पाउने भनी उल्लेख नभएको कर अनुसूचीमा उल्लेख हुँदैमा सोअनुसार सिफारिश दस्तूर असूलउपर गर्न पाउने भन्न कानूनत नमिल्ने । § ऐनमा नै कर दस्तूर आदि लिन पाउने भनी व्यवस्था नभएको विषयवस्तु र कुरालाई नियममा दर उल्लेख गरेको मात्र आधारमा सो कर दस्तूर असूल गर्न नमिल्ने । § ऐनको व्यवस्थालाई नियम र सोको अनुसूचीमा उल्लेख गरी समेट्न सक्छ । तर नियमावलीअन्तर्गतको अनुसूचीमा उल्लिखित विवरण तथा व्यवस्थाले ऐनको व्यवस्थालाई प्रतिस्थापन गर्न नसक्ने । (प्रकरण नं.२) § नियमावलीको अनुसूचीमा सिफारिश दस्तूरको दर तोक्दैमा सो दस्तूर वा कर उठाउने अधिकार स्वतः प्राप्त भएको मान्न नमिल्ने । § सरकारले ऐन कार्यान्वयन गर्न बनाएको उपविधायनको अधिकारअन्तर्गत कर लगाउन पाउने अथवा ऐनले अख्तियारी नदिएको करको दर अनुसूचीमा उल्लेख गरेकै कारणबाट सो कर दस्तूर आदि उठाउने अख्तियारी प्राप्त भएको मान्न नमिल्ने । (प्रकरण नं.३) § राज्य वा कुनै अन्य निकायको तर्फबाट लिइने कर कानूनबमोजिम बाहेक लगाउन र उठाउन नसकिने कानूनी व्यवस्थाबाट स्थानीय तहमा लिने र उठाउने सिफारिश दस्तूर समेत कानूनबमोजिम बाहेक लिन उठाउन नसकिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8917
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2069/05/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.२०६४-CI-१०२३
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8917
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्