नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8915 · वि.सं. २०६९

नि.नं. 8915 — उत्प्रेषणयुक्त परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अनुचित कार्य गर्ने पदाधिकारीलाई विधिसम्मत् तरिकाबाट स्पष्टीकरण माग्ने र सो स्पष्टीकरणबाट सन्तुष्ट हुने आधार नभए सो कार्यलाई अनुचित कार्य भनी ठहर गर्नुपर्ने । § अनुचित कार्य भए गरेको ठहरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ख बमोजिम सोको दुष्परिणाम सच्याउन सम्बन्धित निकायलाई लेखी पठाउने अवस्था हुने । § अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयबाट जिल्लान्तर सरुवा गरेको कार्यलाई अनुचित कार्य ठहर नै नगरी आफैले सरुवा बदर गर्ने निर्णय गर्ने अधिकार अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई नहुने । § आयोगको आफैले सरुवा रद्द गर्ने गरेको निर्णय र सोको कार्यान्वयन गर्न र कामकारवाही ऐनको दफा १२ख को कार्यक्षेत्र भन्दा बाहिर गै शक्तिको अधिक प्रयोग (Use of Excessive Power) भएको देखिन गएकोले सो कार्यलाई कानूनअनुरूपको कार्य मान्न नमिल्ने । § आफूमा रहेको अधिकार भन्दा बढी अधिकार प्रयोग (Use of Excessive Powr) वा अतिक्रमण गरेमा वा नभएको अधिकार प्रयोग गरेमा सो कार्यबाट कसैको संविधान एवं कानूनप्रदत्त हक अधिकारमा आघात परेको देखिन आए त्यस्तो निर्णय वा कामकारवाही बदरयोग्य हुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8915
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशसमेत
निर्णय वर्ष / मिति2069/03/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६८-WO-०३५०
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8915
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्