नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8911 · वि.सं. २०६९
नि.नं. 8911 — गैंडा मारी खाग बिक्री व्यवसाय
सिद्धान्त / नजिर सार (Headnote Summary)
· आरोपित कसूर गरेको तथ्यमा साबित भई एकअर्कालाई पोलसमेत गरी अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गरेको र उक्त बयान व्यहोरा सर्जमीनका मानिस तथा बरामदी मुचुल्काका मानिसहरूको बकपत्र समेतबाट समर्थित भएको अवस्थामा साबिती वयानलाई प्रमाणमा लिन मिल्ने । · पटक पटक गैंडाको खाग बिक्री गरेको र गैंडाको खाग आफ्नो घरमा नै राखेको देखिएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९(१) को कसूरमा ऐ. को दफा २६(१) बमोजिम पाँच वर्ष कैद र पचास हजार रूपैयाँ जरीवाना हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8911 |
|---|---|
| मुद्दाको विषय | गैंडा मारी खाग बिक्री व्यवसाय |
| निर्णय वर्ष / मिति | 2069/05/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री तर्कराज भट्ट | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाको रायसँग सहमत नभएकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाले व्यक्त गर्नुभएको राय | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाको राय सदर हुनुपर्दछ भनी बहस गर्नुभयो | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाले व्यक्त गर्नुभएको राय मनासिब देखिएकोले सो हदसम्म उक्त राय सदर हुने ठहर्छ |
| मुद्दा नं. | २०६८-CF-०००१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8911 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
