नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8910 · वि.सं. २०६९
नि.नं. 8910 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सिद्धान्ततः संविधानप्रदत्त कुनै पनि स्वतन्त्रता वा मौलिक हक निरपेक्ष हुँदैनन् र यस्तो हुन सम्भव पनि हुँदैन । सम्बन्धित मौलिक हक वा स्वतन्त्रताकै रक्षाको लागि पनि त्यसको उपभोगमा केही सीमा वा बन्देजहरू निर्धारण गर्नु अपरिहार्य हुने । (प्रकरण नं.६) § कुनै कानूनमा तोकिएको समय सीमा कम वा अपर्याप्त हुनु र सो कानून संविधानको कुनै धारा वा मौलिक हकसँग विरोधाभाषपूर्ण वा बाझिएको हुनु बिल्कुलै फरक कुरा हो । उक्त समय सीमा अपर्याप्त भएको मात्र कारणबाट सो कानून संविधानसँग बाझिएको भन्न नमिल्ने । § मोही लागेको जग्गा बाँडफाँड गरी मोही लगत कट्टा गर्ने विषयलाई कुनै निश्चित् समय सीमाभित्र सीमित नगरी सदा खुल्लै राख्ने हो भने भूमि माथिको द्वैध स्वामित्व अन्त्य गर्ने भन्ने भूमिसम्बन्धी ऐन २०२१ को उद्देश्य कहिलै हासिल हुन नसक्ने । (प्रकरण नं.१२) § कानूनबमोजिम सरकारले निश्चित् समयावधिभित्र सम्पन्न गर्नुपर्ने भनी तोकिएको कार्य सो समयावधिभित्र सम्पन्न गर्न नसकेको तथ्यलाई यस अदालतले आफैं न्यायिक जानकारीमा लिई सरकारी असमर्थता र त्यससँग जोडिएको नागरिकहरूको हकको सवाललाई गम्भीरतापूर्वक विचार गर्न सक्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8910 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2069/04/32 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | २०६७-WS-००६७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8910 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
