नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8909 · वि.सं. २०६९

नि.नं. 8909 — दर्ता बदर हक कायमसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै अंशियारको अंश भागमा परेको नदेखिई बाबुका नाउँमा दर्ता रहेको जग्गा बाबुको शेषपछि सबै छोराले बराबर बाँडी खान पाउने हुँदा कुनै एक अंशियारले अन्य अंशियारको अस्तित्व लोप गरी नामसारी दर्ता गराउँदैमा अंश जस्तो नैसर्गिक हक समाप्त हुन नसक्ने । (प्रकरण नं.६) § पिता जीवित हुँदै बहिनीको विवाह भएको हुँदा विवाहमा आफूले मात्र खर्च गरेको भए आफ्नो जिम्माको जग्गा बाबु जीवित हुँदै दा.खा.नामसारी गराउन सक्नुपर्नेमा सो गराउन नसकेबाट बहिनीको विवाह खर्च आफू एक्लैले ब्यहोरेको भन्ने जिकीर विश्वसनीय नदेखिएकोले विवादित जग्गामा एकलौटी हक कायम हुन नसक्ने । (प्रकरण नं.७) § दावी लिनेले जस्तोसुकै रूपबाट दावी लिए पनि अंश भाग लाग्ने प्रकृतिको अबण्डा गोश्वरा प्रकृतिको सम्पत्तिको हकमा अदालतले सदैव अंश हकको नैसर्गिकता कायम हुने दृष्टिकोण अबलम्बन गर्नुपर्ने हुन्छ । यस्तोमा कुन ऐनअन्तर्गतको दावी लिइएको छ भन्ने कुरा गौण हुने र हदम्यादको प्रश्नले समेत असर पार्न नसक्ने । (प्रकरण नं.९) § सगोलको अबण्डा सम्पत्ति कुनै अंशियारका नाममा रहेको कारणले तेस्रो ब्यक्तिको विवाद परी मुद्दा पर्नु स्वाभाविक हो । सम्पत्ति दर्ता नभएको ब्यक्तिलाई सामान्यतः विपक्षी बनाई रहन आवश्यक हुँदैन । तर त्यतिकै कारणले सम्पूर्ण सम्पत्तिमा एक अंशियारको मात्र हक हुने अर्थ गर्न नमिल्ने । § मुद्दा गरेको कारणबाट मात्र एक अंशियारले अर्को अंशियारबाट पाउने अंशको नैसर्गिक हक जान सक्दैन । किनकी अबण्डा सम्पत्तिको चरित्र र प्रकृति अविछिन्न र सगोलीय नै हुने हुँदा जुनसुकै अंशियारको साथमा रहेको भएपनि त्यो चरित्र र प्रकृति नष्ट हुन नसक्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8909
मुद्दाको विषयदर्ता बदर हक कायमसमेत
निर्णय वर्ष / मिति2069/06/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.२०६६-NF-०००१
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8909
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्