नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8908 · वि.सं. २०६९

नि.नं. 8908 — अदालतको अपहेलना ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

· अदालतको आदेशको ठहर खण्डमा स्पष्ट रुपमा निवेदकको हित एवं विपक्षको दायित्व समेत किटान गरी उल्लेख भएको वाक्यांशहरु अदालतको आदेश हुने र त्यस्तो आदेशको कार्यान्वयन हुनुपर्ने हुन्छ । त्यस्तो आदेश केवल प्रासंगिक कथन हो वास्तविक आदेश नै होइन भनी कार्यान्वयन गर्न इन्कार गर्नु गैरजिम्मेवारपूर्ण कार्य हुनुका साथै अदालतको अन्तिम आदेशको अवमूल्याङ्कन समेत हुने हुँदा अदालतको आदेशको अवज्ञा गरेको मान्नुपर्ने हुन्छ । अदालतको आदेशमा अधिकार र दायित्व किटान गरी व्यक्त भएका शव्दावली अदालतको कार्यान्वयन हुनुपर्ने आदेश हो भन्ने कुरा सर्वसाधारण जोसुकैले पनि जान्नु र बुझ्नु पर्ने । · राष्ट्रिय ध्वजावाहक विमान कम्पनी नेपाल वायुसेवा निगमका महाप्रवन्धक तथा सञ्चालक जस्तो गरिमामय पदमा बसेका पदाधिकारीहरू भएको अवस्थामा गरिमामय पदमा वसेका पदाधिकारीहरुले अदालतको आदेशको अवमूल्यन हुने गरी स्पष्ट आदेशलाई प्रासंगिक कथन हो, आदेश होइन र कार्यान्वयन गर्नु पर्दैन भन्नु सरासर अदालतको अन्तिम आदेशको अवज्ञा गरेको मान्नुपर्ने । · सार्वजनिक संस्थामा रहेका पदाधिकारीले नै अदालतको आदेशको अवज्ञा गर्दा अदालतले आफ्नो आदेशको कार्यान्वयन गर्न कुनै वास्ता नगर्ने हो भने अदालत प्रतिको जनआस्थामा प्रतिकूल असर पर्ने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8908
मुद्दाको विषयअदालतको अपहेलना ।
निर्णय वर्ष / मिति2069/06/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भरतराज उप्रेती | माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की
मुद्दा नं.२०६७-MS-००१२
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8908
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्