नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8907 · वि.सं. २०६९

नि.नं. 8907 — रैकर दर्ता स्रेस्ता बदर गुठी हक कायम गरिपाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ फैसलाको ठहर खण्ड नै अदालतको निर्णय हो । सो निर्णयलाई कार्यान्वयन गर्न तथा निर्णयबाट स्वाभाविक रुपमा निस्कने कोर्टफी फिर्ता, दण्ड जरीवाना, विगो आदि कार्यान्वयन गर्नलाई सहयोग पुर्‍याउन तपसील खण्ड लेखिन्छ । तपसील खण्डले निर्णयको स्थान लिन नसक्ने । § ठहर खण्ड र तपसील खण्ड बाझिए ठहर खण्ड नै मान्य हुन्छ । ठहर खण्डमा उल्लेख नभएका वा विवेचना नभएका कुरा तपसील खण्डमा उल्लेख हुन सक्दैनन्, यदि भएको रहेछ भने समेत त्यसले कुनै मान्यता पाउन नसक्ने । § ठहर खण्डको विपरीत वा सो बाझिने गरी तपसील खण्ड लेखेमा कानूनविपरीत हुन्छ । तपसील खण्डमा भएका सामान्य भाषिक त्रुटि, लेखाइ वा टाइपको गल्ती वा कुनै शब्द ठहर खण्डभन्दा भिन्न हुन गएमा ठहर खण्डको विपरीत नहुने गरी सच्याउन वा सुधार गर्न सकिन्छ । तर इन्साफमा नै फरक हुने गरी, ठहर खण्डमा लेखिएको निर्णयसँग बाझिने गरी विरोधाभाषपूर्ण ढंगले लेखिएको तपसील खण्डले मान्यता पाउन नसक्ने । (प्रकरण नं.८) § संविधान वा कानूनमा भएको व्यवस्थाको अधीनमा रही अदालत वा अधिकारीले आफ्नो अधिकारक्षेत्र ग्रहण गर्ने गर्दछ । सोअनुसार अधिकार सम्पन्न भए नभएको निश्चित गरेपछि मात्र निर्णयरुपी निष्कर्षमा पुग्नुपर्ने हुन्छ । अरुको अधिकार प्रचलन गराउनेले पहिला आफ्नो अधिकारको विस्तार र सीमाप्रति सजग र सचेत रहनु पर्दछ । कुनै निर्णयकर्ता, अदालत वा निकायले अर्काको अधिकारक्षेत्र वा क्षेत्राधिकारको अतिक्रमण गर्न नहुने । § अनाधिकृत निकायबाट भएका निर्णय प्रभावहीन शून्य भई बदर हुने कानूनी व्यवस्था अ.व. ३५ नं. मा भएको हुँदा यसका अतिरिक्त प्रस्तुत मुद्दामा प्रमाणको रूपमा पेश भएको फिल्डबुक उतारको लेखाईको न्यायोचित विवेचना नभएको र पारीत नै नभएको अपारीत लिखत विवादित जग्गाको हकको शंकारहित स्रोत हुन नसक्ने । (प्रकरण नं.९) पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता रमेशकुमार मैनाली

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8907
मुद्दाको विषयरैकर दर्ता स्रेस्ता बदर गुठी हक कायम गरिपाऊँ
निर्णय वर्ष / मिति2069/08/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.२०६८-CI-१०४०
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8907
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्