नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8906 · वि.सं. २०६९

नि.नं. 8906 — उत्प्रेषणयुक्त परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सारवान कानूनद्वारा प्रदत्त हक र अधिकार हनन् भएमा कार्यविधि कानूनले निर्दिष्ट गरेको रीत र तरिकाअनुसार प्रचलन गराइन्छ । सारवान कानूनद्वारा सिर्जित हक र अधिकार प्रचलन गराउन तोकिएको रीत नपुगेमा अदालतले हक तथा अधिकार प्रचलन गराउन सक्ने अवस्था रहँदैन । हक र अधिकार सिर्जना गर्ने ऐन (कानून) मा हक र अधिकार प्रचलन गराउने कार्यविधि समावेश भएको रहेछ भने सोही कानूनमा उल्लिखित कार्यविधि अवलम्बन गरी हक प्रचलन गराउनु पर्ने हुन्छ । सो कानूनमा कार्यविधि समावेश भएको रहेनछ भने छुट्टै कानूनमा समावेश भएको कार्यविधि अवलम्बन गरी अदालतले हक अधिकार प्रचलन गराउनु पर्ने । (प्रकरण नं.७) § सारवान कानूनमा फैसला कार्यान्वयनको क्रममा दिइने निवेदनका हकमा तथा सोको कार्यविधिको व्यवस्था नभएको अवस्थामा सामान्य ऐन भएका नाताले मुलुकी ऐन, अ.वं. ८३ नं को कार्यविधि स्वतः आकर्षित हुने । (प्रकरण नं.८) § तहसीलदारले गर्ने आदेश मुद्दा मामिलाको प्रश्नमा गर्ने आदेश नभई फैसला कार्यान्वयनमा उपस्थित प्रश्नमा गरिने आदेश मात्र हो । यसमा प्रक्रिया वा रीत पुगे नपुगेको प्रश्न मात्र सान्दर्भिक हुने । (प्रकरण नं.१०) § तल्लो तहका न्यायिक निकाय, अर्धन्यायिक निकाय वा कुनै प्रशासनिक निकायले आफ्नो कार्यसम्पादन गर्ने सिलसिलामा अन्य कुराका अतिरिक्त कुनै निर्णय गर्नका लागि निर्धारित कार्यविधि पालना नगरी आदेश वा निर्णय गरिएको भएमा, निर्णय वा आदेश गर्दा निर्णय वा आदेश गर्ने अधिकारीले सो आदेश समेतमा प्रत्यक्ष गल्ती वा त्रुटि गरेको सम्बन्धित मिसिलबाट देखिएमा त्यस्तो निर्णय वा आदेश यस अदालतले उत्प्रेषणको आदेश जारी गरी बदर गर्न सक्ने । (प्रकरण नं.११) § फैसलाले स्पष्ट रूपमा भरी पाउने भनी ठहर गरेको अवस्थामा सो फैसला कार्यान्वयनमा अवरोध भएमा त्यसले सम्बन्धित पक्षलाई न्याय दिलाउन सक्दैन । अतः स्पष्ट कानूनी त्रुटिको अभावमा लेनदेन मुद्दाको फैसला कार्यान्वयन हुन नपाउनु न्यायिक क्रिया हुन नसक्ने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8906
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशसमेत
निर्णय वर्ष / मिति2069/06/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.०६६-WO-०३६७
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8906
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्