नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8904 · वि.सं. २०६९
नि.नं. 8904 — फैसला बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जग्गा दाताको नाममा स्रेस्ता कायम भएपछि रजिष्ट्रेशन हुने कार्यालयमा गई रजिष्ट्रेशन गरी हक हन्तान्तरण गरेको लिखतले मात्र कानूनी मान्यता पाउन सक्ने हुन्छ । तत्काल हक हस्तान्तरण हुन नसक्ने प्रकृतिको जग्गालाई आफ्नो नाममा स्रेस्ता समेत कायम नहुँदै दाताले घरसारमा गरिदिएको लिखतको आधारमा मात्र उक्त जग्गामाथि कसैको कानूनी हक सिर्जना भएको मान्न सम्झन मिल्दैन । घरसारमा छोडपत्र करारनामा गरी लिएको जग्गामाथि क्रेताको कानूनी हक तब मात्र स्थापित हुन्छ जब कानूनबमोजिम सम्बन्धित निकायबाट आफ्नो हक स्थापित गराएको हुन्छ । (प्रकरण नं.५) § अदालतको अन्तिम फैसलाबाट एक व्यक्तिको नाममा दाखेल खारेज नामसारी गर्ने हक स्थापित भइसकेको जग्गालाई फैसला कार्यान्वयनको अवस्थामा नै अर्को व्यक्तिका नाममा रजिष्ट्रेशन पास हुदैमा त्यस्तो रजिष्ट्रेशन पास भएको लिखत जेठो लिखत मान्न सम्झन नमिल्ने । § अदालतको फैसला मितिपश्चात् अनधिकृत व्यक्तिका नाममा पारित लिखतलाई जेठो लिखत मान्दा अदालतको अन्तिम फैसला कार्यान्वयन हुन नसकी फैसला नै निस्प्रभावी हुने हुन्छ । अदालतको अन्तिम फैसला शून्यको स्थितिमा रहन नसक्ने र अन्तिम भइरहेको फैसलाको कार्यान्वयनको अनिवार्यता हुने हुँदा फैसला कार्यान्वयनको प्रक्रियालाई नै छलेर भएको रजिष्ट्रेशनले कानूनी मान्यता पाउन नसक्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8904 |
|---|---|
| मुद्दाको विषय | फैसला बदर |
| निर्णय वर्ष / मिति | 2068/08/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| मुद्दा नं. | २०६३-CI-००५४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8904 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
