नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8903 · वि.सं. २०६९

नि.नं. 8903 — उत्प्रेषणयुक्त परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आम जनतासँग सरोकार राख्ने विकास निर्माणसँग सम्बन्धित अस्पताल लगायतका भवन निर्माण कार्यको लागि उपयुक्त स्थानको व्यवस्था गर्ने दायित्व सरकारको हुने हुनाले अस्पताल कुन ठाउँमा बनाउन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा उपयुक्त स्थानको चयन गर्ने तत् सम्बन्धी निर्णय गर्ने र निर्णय कार्यान्वयन गर्ने कार्य पनि सरकारको सम्बन्धित निकायको हो । प्रस्तुत विषय सरकारको नीतिगत निर्णयको कुरा भएको हुँदा अमुक स्थानमा अस्पताल निर्माण गर्नु अमुक स्थानमा निर्माण नगर्नु भनी अदालतबाट आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8903
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशसमेत
निर्णय वर्ष / मिति2069/06/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
मुद्दा नं.२०६८-WO-१२५५
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8903
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्