नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8902 · वि.सं. २०६९

नि.नं. 8902 — उत्प्रेषणयुक्त परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अनियमितता भएको भन्ने कुनै ठोस सबूद, प्रमाणबाट पुष्टि हुन नसकेको र सामान्य दरखास्तवाला पनि हुन नसक्ने व्यक्तिको उजूरीका आधारमा वैध रूपमा सम्पन्न भएको परीक्षाबाट सफल उम्मेदवारको नियुक्ति पाउने अधिकारलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि सरकारी गैरसरकारी निकायले निर्णय गर्न नमिल्ने । § गैरकानूनी हो भन्ने युक्तियुक्त आधार र कारण वेगर कसैको उजूर परेको भन्ने आधारमा मात्र रीतपूर्वक सम्पन्न भएको कामकारवाहीलाई अनुचित रूपमा रोक्दा सरोकारवाला निकायको कामकारवाहीमा पर्न जाने असरलाई समेत विचार नगरी काम गर्न मिल्दैन । दूषित कामकारवाहीलाई रोक्ने नाउँमा अर्को दूषित निर्णय हुन जाने सम्भावानालाई विचार गरिनु पर्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8902
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशसमेत
निर्णय वर्ष / मिति2069/08/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६८-WO-०२१५
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8902
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्