नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8900 · वि.सं. २०६९
नि.नं. 8900 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ २० महिनामा सम्पन्न गर्ने प्रतिवद्धतासहित सम्झौता गरिएको कार्य ५ वर्ष व्यतीत हुँदासम्म पनि सम्पन्न नगर्ने तथा पटकपटक काम छाडी हिड्ने र सम्बन्धित कार्यालयले उपस्थित भई कार्य सुचारु गर्न पटकपटक मौका दिँदा समेत कामप्रति उदासीनता देखाउने कार्य प्रारम्भिक रूपमा नै गैरजिम्मेवारपूर्ण देखिन आउने । § सार्वजनिक पूर्वाधारको निर्माण गर्ने जिम्मेवारी लिने पक्षले तोकिएको समयमा, तोकिएको गुणस्तर कायम गर्दै सम्झौताबमोजिमको कार्य गर्नु कानूनी र नैतिक दायित्व भएकाले भौतिक पूर्वाधारको अपर्याप्तता खड्किएको विकासोन्मूख मुलुकमा द्रुततर रूपमा भौतिक पूर्वाधार विकास गर्दै लैजानुपर्ने टड्कारो आवश्यकता रहेको वस्तुतथ्यलाई यस क्षेत्रमा संलग्न सबैले हृदयंगम गर्नुपर्ने । § आफ्नो दायित्व निर्वाह गर्न हरसम्भव प्रयास गर्दागर्दै पनि काबूबाहिरको परिस्थिति पर्न गई कार्य सम्पन्न हुन नसक्नु अर्कै स्थिति हो तर यसको लागि प्रयास गरेको समेत पनि नदेखिनुलाई उचित मान्न नसकिने । (प्रकरण नं.८) § कानूनी व्यवस्थाबमोजिम सम्झौताअनुरूपको दायित्व सारभूतरूपमा पालना नगरेको अवस्थामा कालोसूचीमा राख्ने गरी भएको निर्णय अन्यथा देखिन नआउने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8900 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2069/06/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भरतराज उपे्रती |
| मुद्दा नं. | २०६८-WO-१०४१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8900 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
